०१ पुष २०७५, काठमाडौँ
कट्रिना कैफ बलिउडकी निकै चर्चित नायिका हुन् । उनले बलिउडमा धेरै सफल चलचित्रमा काम गरिसकेकी छिन् । उनी निकै डिमाण्डेड अभिनेत्री पनि हुन् । हाल उनी उनको प्रदर्शनको तयारीमा रहेको चलचित्र जिरो को प्रमोशनमा व्यस्त छिन् ।
यतिबेला सामाजिक सञ्जालमा कट्रिनाको एक कुरा निकै भाइरल भैरहेको छ । चलचित्रको प्रमोशनको क्रममा एक अन्तवार्तामा कट्रिनालाई शाहरुख खानलाई किस गर्न पाउँदा आफूलाई कत्तिको भाग्यमानी महशुस गर्नुभयो भन्ने प्रश्न गरिएको थियो । उक्त प्रश्नमा कट्रिनाले मैले शाहरुखलाई किस गर्न पाएको होइन कि मलाई किस गर्न पाएकोमा चै उसले आफूलाई भाग्यमानी महशुस गर्नुपर्छ भन्ने जवाफ दिएकी छिन् ।
कट्रिनाले आफू आफ्नो काममा फोकस गर्ने र यस्ता कुरा नसोच्ने पनि बताइन् । चलचित्र जिरो मा शाहरुख खान, कट्रिना कैफ र अनुष्का शर्माको मुख्य भूमिका रहेको छ । चलचित्र जिरो यहि डिसेम्बर २१ बाट प्रदर्शनमा आउँदैछ ।