१३ औं अन्तरविद्यालय फेका कप फुटबल प्रतियोगिताको उपाधी बिल्डिङ इन्टरनेशललाई



०१ पुष २०७५, काठमाडौँ

पेप्सीकोला टाउन प्लानिङ्ग खेल मैदानमा मङ्सीर २० गतेबाट शुरु भएको फेका कप फुटबल प्रतियोगिताको उपाधी करियर बिल्डिङ इन्टरनेशल स्कुल पेप्सीकोलाले हात पारेको छ ।

शनिबार सम्पन्न फाईनल खेलमा कौत्सुभ स्कुल र करियर बिल्डिङबीच भएको खेलमा कौत्सुभले खेल सकिन लाग्दा १–० को अग्रता कायम गरेको थियो भने थप गरिएको अतिरिक्त समयलाई उपयोग गर्दै करियरले खेल सकिन करिव २० सेकेण्ड बाँकि रहदा गोल गरि बराबरीमा रोकेको थियो ।

त्यसपछि भएको ट्राई ब्रेकरमा कौत्सुभको पहिलो प्रहारलाई करियरका गोल किपरले रोकेका थिए त्यो करियरका लागी उपाधी जित्ने महत्वपुर्ण आधार बनेको थियो । बाँकी रहेका सबै प्रहारहरु कुनै पनि गोल किपरले रोक्न सकेनन् । प्रतियोगितामा द्वितिय कौत्सुभ स्कुल तृतिय गोठाटार ईङ्गलीस स्कुल र चौथो कोट देबि स्कुल जडिवुटी भएका थिए । पुरस्कार राशी प्रथम द्वितिय, तृतिय क्रमशः तिस हजार बिस हजार र दश हजार रहेको थियो ।

पुरस्कार बितरण समारोहमा फेका अध्यक्ष नवराज भट्टले समग्र फेका समूह योगदानको चर्चा गर्दै फेका कप फुटबलको योगदानले राष्ट्रका लागि राम्रा खेलाडी उत्पादन भईरहेको बताउदै भने हामीले राष्ट्रका लागि एउटा किपर र रेफ्री दिन सफल भएका छौ यो हाम्रा लागि गौरवको कुरा हो । मलाई बिश्वास छ हामीले उत्पादन गरेका खेलाडीहरुले भोलीका दिनमा अन्तराष्ट्रिय किर्तिमान कायम गर्न सफल हुनेछन् । उनले भने फेका कप फुटबल सफलता पुर्वक सम्पन्न भएको छ, सबैको साथ सहयोग मिलेको छ म मेरा सबै सदस्य विद्यालय तथा आर्थीक नैतिक भौतिक रुपमा सहयोग गर्ने सबै संघ संस्थालाई धन्यबाद दिन चाहान्छु ।

खेल समापन पछि भएको औपचारिक समारोहमा प्रमुख अतिथी प्याब्सनका संस्थापक अध्यक्ष बसन्त बहादुर श्रेष्ठ तथा विशेष अतिथी प्याब्सन केन्द्रीय कार्यसमिति उपाध्यक्ष दिपिका थापा तथा अतिथीहरुमा जिल्ला अध्यक्ष हरिकृष्ण श्रेष्ठ, राष्ट्रिय टोलीका पूर्व कप्तान तथा प्रशिक्षक बाल गोपाल महर्जन लगायतको उपस्थीति रहेको थियो ।

१३ औं अन्तरविद्यालय फेका कप फुटबल प्रतियोगिताको लागि कागेश्वरी मनोहरा नगरपालिकाले रु एक लाख तथा जिल्ला प्याब्सन काठमाडौँले रु साट्ठी हजार रुपैंया नगद सहयोग गरेको आयोजकले बताएको छ ।

कार्यक्रम संचालन शिक्षालय नेपालका प्रधानाध्यापक तथा फेका समूहका सचिव प्रदिप खनालले गरेका थिए भने १३ औं फेकाकप फुटबलको संयोजन कौत्सुभ स्कुलका प्रधानाध्यापक किरण प्रकाश न्यौपानेले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्