अखिल नेपाल कवड्डी संघले गर्यो सल्लाहकार समितिको पदस्थापन



०१ पौष २०७५, काठमाडौं

अखिल नेपाल कवड्डी संघले शुक्रवार आफ्नो ६ सदस्यीय सल्लाहकार समितिको पदस्थापन गरेको छ । काठमाडौंको भैसेपाटीमा भएको कार्यक्रममा सांसद महेश बस्नेत, निमा लामा, बलराम महतो, सञ्जय अधिकारी र सानुकुमार महर्जनलाई पदस्थापन गराइएको बताईएको छ ।

उनीहरुलाई प्रतिनिधि सभा सांसद तथा ओलम्पीक कमिटिको अध्यक्षको प्रमुख आतिथ्यमा भएको कार्यक्रमका बिच पदस्थापन गराइएको जनाईएको हो । संघको २०७४ सालमा सम्पन्न भएको साधारण सभाले यि ६ जनालाई सल्लाकारका रुपमा मनोनित गरकेो थियो ।

संघले आगामी पुषको पहिलो साता राष्ट्रिय स्तरको रेफ्रि कोचको तालिम दिने जनाएको छ । पुषको ४ देखि ९ गते सम्म हुने कोचको तालिममा एक सय जना सहभागी गराउने महासचिव प्रजापतिले बताए ।

प्रतिक्रिया दिनुहोस्