०२ पौष २०७५, काठमाडौं
वीरगन्जका पूर्वराष्ट्रिय फुटबल खेलाडी स्वर्गीय विशालजंग राणााको स्मृतिमा पुस २८ गतेदेखि विशाल मेमोरियल गोल्डकप हुने भएको छ ।
विशाल मेमोरियल फाउण्डेशनले पौष २८ देखि माघ ५ गतेसम्म दोश्रो टुबोर्ग विशाल गोल्डकप फुटबल प्रतियोगिता गर्न लागेको हो ।
शनिबार वीरगन्जमा पत्रकार सम्मेलन गरेर फाउण्डेनशले प्रतियोगिताको बारे जानकारी दिएको हो । वीरगन्जको नारायणी रंगशालामा हुने प्रतियोगितामा नेपाल र भारतका आठ टिमको सहभागीता रहने फाउण्डेशनका अध्यक्ष अनिलप्रसाद कलवारले जानकारी दिए । प्रतियोगिताको विजेता टिमले कपसहित नगद पाँच लाख ५५ हजार पाँच सय ५५ र उपविजेताले दुई लाख ७७ हजार सात सय ७७ रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।
प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीलाई मोटरसाइकल र प्रत्येक खेलका म्यान अफ दी म्याचलाई पाँच हजार रुपैयाँ प्रदान गर्ने आयोजकले जनाएको छ । प्रतियोगितमा कुल ५१ लाख ९८ हजार तीन सय ३२ रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।