०३ पौष २०७५, काठमाडौं
भारत अष्ट्रेलियाविरुद्धको दोस्रो टेस्टमा संघर्षपूर्ण अवस्थामा पुगेको छ । चौथो दिनको समाप्तिमा भारत विकेट गुमाएपछि दबाबमा परेको हो । पाँचौँ दिन भारतलाई जितका लागि अब १७५ रन आवश्यक भएको छ । अष्ट्रेलियाले भारतलाई जितका लागि २८७ रनको लक्ष्य दिएको थियो ।
तर भारत चौथो दिनको खेल समाप्तिसम्म ५ विकेट गुमाएर १ सय १२ रन बनाउन पुग्दा अस्ट्रेलिया बलियो देखियो । अष्ट्रेलियाले टेस्ट सिरिजमा १–१ को बराबरी गर्न मंगलबार ५ विकेट लिनुपर्नेछ । भारतले सहज लक्ष्य पछ्याउने क्रममा भर पर्दा ५ ब्याट्सम्यान गुमाएको छ । अष्ट्रेलियन स्पिनरद्वय जोस हेजलउड र नाथन लियोनले कसिलो बलिङ गर्दा भारत निरीह रह्यो । भारतले दोस्रो इनिङको सुरुमै विकेट गुमायो ।
इनिङको चौथो बलमै ओपनर लोकेश राहुललाई मिचेल स्टार्कले बोल्ड गर्दा भारतले १ रन पनि जोडेको थिएन । त्यसपछि चेतेश्वर पुजाराले मुरलीसँग दोस्रो विकेटका लागि १३ रनको साझेदरी गरे ।
कप्तान कोहली र मुरलीबीच तेस्रो विकेटका लागि ३६ रनको साझेदारी भयो । कोहलीले ४० बलमा २ चौकाको सहयोगमा १७ रन बनाए । राहानेले ४७ बलमा २ चौकाको सहयोगमा ३० रन बनाए ।