०३ पुष २०७५, काठमाडौँ
मनिषा कोइराला बलिउडकी र नेपाली चलचित्र क्षेत्रकी पनि नाम चलेकी नायिका हुन् । उनले बलिउडमा धेरै सुपरहिट चलचित्र दिएका छिन् । केहि समय अघि उनलाई क्यान्सर रोग लागेको थियो । तर अहिले उनी रोगबाट मुक्त र स्वस्थ पनि छिन् ।
मनिषा एक हेल्डर नामक पुस्तक पनि लेखेकी छिन् । पेन्गुइन बुक्सले प्रकाशन गरेको पुस्तक शनिबार पोखरामा सार्वजनिक हुँदैछ । उक्त पुस्तक सार्वजनिक कार्यक्रममा मनिषाले क्यान्सर रोग लागेका मानिसलाई क्यान्सर रोग लाग्दा हुने पिडा र कठिनाई बारे पुस्तकमा लेखेको बताइन् । साथै उनले आफ्नो उक्त पुस्तकमा क्यान्सर रोग बारे सबै कुरा लेखेको बताइन् । पुस्तक सार्वजनिक गर्ने बेला मनिषा निकै भावुक पनि भएकी थिइन् ।