०४ पुष २०७५, काठमाडौँ
स्वर्गीय अभिनेत्री श्रीदेवी बलिउडकी निकै चर्चित अभिनेत्री थिइन् । उनले बलिउडमा धेरै सफल चलचित्र दिएकी छिन् । त्यसैले पनि उनको असामयिक निधनले सबैलाई निकै दुखित बनाएको थियो । श्रीदेवीका श्रीमान् बोनी कपुरले एक अन्तवार्तामा श्रीदेवीको अन्तिम इच्छा के थियो भनेर बताएका छन् ।
बोनी कपुरले तामिल फिल्म बनाएर उक्त फिल्ममा काम गर्ने श्रीदेवीको सपना अब आफूले पुरा गर्ने बताए । श्रीदेवीले आफ्नो अन्तिम चलचित्र गरिरहँदा तामिल कलाकार अजीत कुमारसँग आफूलाई तामिल चलचित्रमा काम गर्ने इच्छा भएको बताएकी रहिछन् । श्रीदेवीले चलचित्र इङ्गलिस बिङ्लिस मा अजीतसँग काम गरेपछि आफ्नो होम प्रोडक्सनमा बनेको चलचित्रमा अजीतलाई राख्ने बताएकी रहिछन् । अब उनको अधुरो सपनालाई उनका श्रीमान् बोनी कपुरले पुरा गर्ने भएका छन् ।
बोनी कपूरले अन्तरवार्तामा भनेका छन्, फिल्मको नाम अहिलेसम्म टुंगो लागेको छैन । अब बोनीले चाडैँ नै चलचित्रको नाम तय गरेर चलचित्र बनाउने र चलचित्र २०१९ मा नै रिलिज गर्ने बताएका छन् । सम्भवत उक्त तामिल चलचित्र हिन्दि चलचित्र पिंक को कथामा आधारित हुनेछ ।