क्लब विश्वकप : रियल मड्रिड फाइनलमा



०५ पौष २०७५, काठमाडौं

स्पेनिस क्लब रियल मड्रिड क्लब विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । बुधबार भएको खेलमा जापानी क्लब कासिमा एन्टलेर्सलाई ३–१ ले हराउँदै रियल म्याड्रिडले फाइनलमा स्थान बनाएको हो ।

रियल म्याड्रिडको जितमा सबै तीन गोल गोल ग्यारेथ बेलले गरे । अबुधाबीमा भएको खेलमा काशिमाका लागि शोमा डोइले एक गोल फर्काए । बेलले ह्याट्रिक गर्ने क्रममा ४४, ५३ र ५५औँ मिनेटमा गोल गरेका थिए । बेलका दुई गोलमा मार्सेलोले पास मिलाएका थिए । बेल क्लब वर्ल्ड कपको इतिहासमा ह्याट्रिक गर्ने तेस्रो खेलाडी बने ।

यसअघि बार्सिलोनाका लुइस स्वारेज र अहिले इटालियन क्लब युभेन्टसबाट खेल्दै आएका क्रिस्टियानो रोनाल्डोले यो प्रतियोगितामा ह्याट्रिक गरेका छन् । रोनाल्डोले रियल म्याड्रिडबाट खेल्दा ह्याट्रिक गरेका थिए । जापानिज क्लब कासिमाका लागि ७८ औँ मिनेटमा डोइले एक गोल फर्काए पनि हार टार्न सकेनन् ।

रियल म्याड्रिडले अब फाइनलमा आागामी शनिबार संयुक्त अरब इमिरेट्स को क्लब अल एइनसँग प्रतिस्पर्धा गर्नेछ । रियल मड्रिड लगातार तेस्रो वर्ष उपाधि जित्ने लक्ष्यमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्