०५ पौष २०७५, काठमाडौं
यस वर्षबाट माध्यमिक शिक्षा अन्तर्गतको एस. ई. ई. परीक्षा प्रदेश सरकारले संचालन गर्ने भएको छ । मुलुक संघीय प्रणालीमा गएसँगै पहिलो पटक सो प्रणालीबाट एस. ई. ई. परीक्षा संचालन हुन लागेको हो ।
यसपटकको परीक्षामा भने प्रश्नपत्र मात्र कार्यालयले उपलब्ध गराउने बताईएको छ । त्यसबाहेकका सबै तयारी प्रदेश सरकार आफैले गर्ने जनाईएको छ । परीक्षा केन्द्रको हकमा भने कार्यलयले गत वर्षको परीक्षा केन्द्रलाई नै तोक्न निर्देशन गरेको छ ।
यस वर्षको परीक्षा चैत्र १० बाट सुरु हुँदैछ । परीक्षामा करिब ४ लाख ८० हजार विद्यार्थीहरुले सहभागिता जनाउने परीक्षा बोर्डले जनाएको छ ।