कर्णाली प्रदेश कप टी–२० क्रिकेट संचालन हुँदै



०५ पौष २०७५, काठमाडौं

कर्णाली प्रदेशकै सर्वाधिक ठूलो राशीसहितको कर्णाली प्रदेश कप टी–२० क्रिकेट प्रतियोगिता रुकुम पश्चिमम हुने भएको छ ।कर्णाली प्रदेशको क्रिकेट विकासमा टेवा पुर्याउनुका साथै जिल्लालाई क्रिकेटका माध्यमबाट देशैभरी चिनाउने उद्धेश्यले आउँदो पुस १० गतेदेखि हुने बताईएको छ ।

प्रतियोगितामा अहिलेसम्म कर्णाली प्रदेशका ७ वटाजिल्लाले सहभागिता जनाउने निश्चित भैसकेको जिल्ला क्रिकेट संघ रुकुमले जनाएको छ । आयोजक रुकुमसहित सल्यान, सुर्खेत, कालिकोट, जुम्ला, जाजरकोट र डोल्पा गरी ७ वटा जिल्लाले प्रतियोगितामा सहभागिता जनाईएको छ । प्रतियोगिताको विजेताले नगद १ लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ ।

उपविजेताले नगद ६० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले बताएको छ । यसका साथै प्रत्येक खेलमा म्यान अफ् द म्याच, म्यान अफ् द सिरिज, बेष्ट बलर, बेष्ट ब्याटसम्यान, इमर्जिङ प्लेयर र लोकल इमर्जिङ प्लेयरको उपाधि पनि दिइनेछ ।

 

प्रतिक्रिया दिनुहोस्