गिफ्ट बोकेर बिरामी बच्चाहरुलाई भेट्न अस्पताल पुगे अमेरिकी पूर्व राष्ट्रपति बाराक ओबामा (भिडियो सहित)



०५ पुष २०७५, काठमाडौँ

बाराक ओबामा अमेरिकाका पूर्व राष्ट्रपति हुन् । बाराक ओबामा केहिदिन अगाडि मात्र अमेरिकाको राजधानी वासिङटन डिसी स्थित चिल्ड्रेन्स नेशनल हस्पिटलमा विरामी भएका बच्चालाई भेट्न पुगेका थिए । उनलाई त्यहाँ देखेर हस्पिटलका डाक्टर र नर्स देखि विरामी परेका बालबालिका पनि चकित भए । अझ गज्जबको कुरा त के छ भने ओबामा उक्त हस्पिटलमा स्यान्टा क्लजको टोपी लगाएर हातमा गिफ्टले भरिएको झोला बोकेर गएका थिए ।

क्रिसमस नजिकिदैँ गर्दा ओमाबाले हस्पिटलमा भएका सबै बच्चाहरुलाई उपहार दिएका थिए । उनले दिएको उपहार देखेर बच्चाहरु निकै खुसी पनि भएका थिए । अहिले उनको उक्त भिडियो सामाजिक सञ्जालमा निकै भाइरल बन्दै गइरहेको छ ।

ओबामाले बच्चाहरुलाई निकै मायाका साग अंकमाल गर्दै फोटो पनि खिचेका थिए । यसरी अमेरिकाका पूर्व राष्ट्रपति बाराक ओबामालाई हस्पिटलमा आएर बच्चाहरुसँग खेलेको देख्दा अहिले सबैजना अचम्मित भएका छन् । प्राप्त जानकारी अनुसार ओबामाले उक्त हस्पिटलमा करिब डेढ घण्डा समय बिताएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्