०६ पौष २०७५, काठमाडौं
फिफाको नयाँ वरीयतामा नेपाल एक स्थान माथि उक्लेको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले डिसेम्वर महिना र नयाँ वर्ष २०१९ को जनवरी महिनाको लागि जारी गरेको नयाँ वरीयतामा नेपाल एक स्थान सुधार गर्दै १६१औँ स्थानमा उक्लेको हो ।
अघिल्लो दुई महिनामा भने नेपाल एक(एक स्थान तल झरेको थियो । यस्तै विश्व वरीयतामा भने बेल्जियमले शीर्ष स्थानमा रहेर २०१८ को अन्त्य गर्नेछ भने नयाँ वर्षको सुरुवात गर्नेछ । विश्व विजेता फ्रान्सलाई एक अंकले मात्र पछि पार्दै बेल्जियम शीर्ष स्थानमा यथावत रहेको हो ।
दक्षिण एसियामा भारत सबैभन्दा अघि ९७औँ स्थानमा यतावत नै छ भने माल्दिभ्स १५२औँ, भुटान १८६औँ, बंगलादेश १९२ औँ र पाकिस्तान १९९औँ स्थानमा यथावत छ। श्रीलंका २०१औँ स्थानमा छ ।
विश्व वरीयतामा भने बेल्जियम शीर्ष स्थानमा यथावत रहँदा विश्व विजेता फ्रान्स दोस्रो स्थानमा छ । यस्तै ब्राजिल तेस्रो, क्रोएसिया चौथो, इंगल्याण्ड पाँचौमा स्थानमा यथावत छ । पोर्चुगल छैटौँ, उरुग्वे सातौँ, स्वीट्जरल्याण्ड आठौँ, स्पेन नवौँ र डेनमार्क दशौँ स्थानमा यथावत छन् ।
अब ७ फेब्रुअरी २०१९ मा नयाँ वरीयता सार्वजनिक गरिने फिफाले जनाएको छ ।