आफ्नी आमाको प्रथम स्मृति दिवसमा भावुक बनिन् जल शाह ( फोटोसहित )



०६ पुष २०७५, काठमाडौँ

जल शाह कुनै समयकी नेपालकी निकै नाम चलेकी अभिनेत्री हुन् । उनलाई सदावहार नायिकाको ट्याग पनि दिइने गरिन्थ्यो  । लामो समयसम्म नेपाली चलचित्र क्षेत्रमा संलग्न जल शाह अहिले भने नेपाली चलचित्र क्षेत्रबाट निकै टाढा छन् । हुन त अहिले अधकांश पुराना नायिकाहरु गुमनाम भएका छन् । त्यस्तै भिडमा परेकी जल शाह लामो समयपछि नेपाल आएकी छिन् ।

धेरैपछि उनलाई हिजो राजधानीमा आयोजित उनकी आमाको प्रथम स्मृती दिवसमा उनलाई भेटिएको थियो । उनी त्यहाँ आफ्ना श्रीमान् र छोरीसँग पुगेकी थिइन् । स्मरण् रहोस् नायिका जल शाहकी आमा प्रमा शाह एक साहित्यकार थिइन् । उनले थुप्रै प्रसिद्ध कृतिहरु पनि लेखेकी छिन् । उनकै सम्झनामा आयाजित स्मृती दिवसमा जल शाह आफ्नी आमालाई सम्झेर निकै भावुक पनि बन्न पुगिन् ।

उनकी छोरी हजुरआमालाई सम्झेर रोएपछि जल शाहले पनि आफ्ना आँशु थाम्न सकिनन् । उक्त कार्यक्रममा प्रेमाको जीवनको एक भिडियो पनि सार्वजनिक गरिएको थियो । कार्यक्रमको पुरा अवधिभर उनी भावुक नै देखिइन् । जल शाहलाई चलचित्र बारे प्रश्न गर्दा भने उनले केहिपनि जवाफ दिइनन् । बरु उनले अब १ महिना नेपाल बस्ने बताइन् ।

 

प्रतिक्रिया दिनुहोस्