सुशान्त खत्री र अलिशा शर्माको नयाँ गीत सार्वजनिक



०६ पुष २०७५, काठमाडौँ

सुशान्त खत्री नेपालका निकै चर्चित डान्सर हुन् । उनले नेपालमा मात्र नभएर अन्तराष्ट्रिय स्तरमा पनि आफ्नो छवि बनाइसकेका छन् । उनले भारतका दुई ठूला डान्सिङ रियालिटि शो मा गएर दर्शकको मन जितिसकेका छन् । उनले केहि सुपरहिट म्यूजिक भिडियोमा काम  गरिसकेका छन् । भर्खरै मात्र सुशान्तको नयाँ गीत सार्वजनिक भएको छ ।

सौरव तिम्सिनाको शब्द र अरुण तामाङको संगीत रहेको डल्लि मोरी बोलको गीतमा अरुण तामाङकै आवाज रहेको छ । उक्त गीतमा सुशान्त खत्री र अहिलेकी चर्चित डान्सर अलिशा शर्मालाई फिचरिङ गराइएको छ । उक्त गीतलाई राजिब शर्माले कोरियोग्राफी गरेका हुन् ।

 

प्रतिक्रिया दिनुहोस्