०७ पुष २०७५, काठमाडौं
सुरक्षित हवाई यात्रामा पाइलटको भूमिकाबारे त सबैलाई थाहै छ । तर, पाइलटलाई नै निर्देशन दिएर हवाई यात्रा सुरक्षित बनाउने पात्रबारे धेरैलाई थाहा छैन ।
त्यस्ता पात्र हुन् एयर ट्राफिक कन्ट्रोलर (एटिसी) । एटिसीको अनुमतिविना हवाई उडान नै सम्भव हुँदैन । त्यसैले त हवाई उडानमा एटिसीलाई ककपिटबाहिरका कमान्डर भनिन्छ ।
जहाजको इन्जिन खोल्नेदेखि अफ गर्नेसम्मका प्रक्रियामा एटिसीको अनुमति लिनैपर्छ ।
आजको नयाँ पत्रिकामा यो खबर छ, पाइलटको निर्देशक हो, एटिसी । जहाजको इन्जिन स्टार्ट गर्दादेखि अफ गर्दासम्म पाइलटले हरेक सेकेन्ड एटिसीको अनुमति लिनुपर्छ । जस्तै : काठमाडौंबाट पोखरा जहाज उड्दै छ भने काठमाडौंको ग्राउन्ड कन्ट्रोलमा जहाजले स्टार्ट अप माग्छ । स्टार्ट मागेको जहाजलाई स्टार्ट अप दिने–नदिने ग्राउन्डका एटिसीले नै हेर्छ ।