श्रीमद्भागवत महापुराण नेपालीमा (द्वितीय अध्याय)



।। श्रीगणेशाय नमः ।।
श्रीकृष्णद्वैपायनव्यासमहामुनिप्रणीतम्
श्रीमद्भागवतमहापुराणम्

अथ द्वितीयोऽध्यायः

भगवान्को कथा र भक्तिको महिमा

ऋषिहरुले त्यसरी सोधेपछि सूतलाई खुसी लाग्यो । उनले ऋषिहरुलाई आदर गर्दै भने- त्यस बेलामा शुकदेवको व्रतबन्ध पनि गरेको थिएन । उनले लुगा पनि लगाएका थिएनन् । त्यस्तै अवस्थामा शुकदेव जाँदै थिए । उनका पिता व्यासले देखेर पछाडिबाट बोलाउँदै भने- ए छोरा पर्ख पर्ख । बालक शुकदेवले पत्तो पाएनन् । रmखहरुमा सुसाएको आवाज आइरहेको थियो । सबै प्राणीका हृदयमा रहने ती मुनिलाई मेरो नमस्कार छ । श्रुतिकोसार सबै जानेका, अज्ञानको अन्धकारबाट तार्ने अध्यात्म दीप, संसारीका मायाले पुराणको गोप्य कुरो बताउने, मुनिहरुका गुरm, व्यासपुत्रका शरणमा म जान्छु ।

अब नारायण, नर, नरोत्तम, सरस्वती देवीलाई पनि नमस्कार गर्दै कथा भन्छु । मुनिहरुले मलाई मन प्रसन्न गर्ने, लोकहितको कृष्णसम्बन्धी उचित कुरा सोधे । अधोक्षजको भक्ति गर्नु नै मानिसको परम धर्म हो । भगवान् वासुदेवमा भक्ति र योग लागेपछि उत्पन्न हुने वैराग्य र ज्ञान अहैतुकी हो । अप्रतिहत अहैतुकीले आत्मा शुद्ध हुन्छ । मानिसका मनमा विष्वक्सेनको कथाप्रति अनुराग जागेन भने धर्मको अनुष्ठान गरेको खेर जान्छ ।

धर्मको फल मोक्षप्राप्ति हो, अर्थप्राप्ति होइन । अर्थको सार्थकता धर्म हो, कामना पूर्ति होइन । कामको सार्थकता इन्द्रियसुख नभई जीवन निर्वाह हो । जीवनको सार्थकता लौकिक कर्म नभई तत्त्व बुझ्नु हो । तत्त्ववेत्ताहरु यसैलाई अद्वैत तत्व भन्दछन् । यही ब्रह्म, परमात्मा वा भगवान् हो । श्रद्धालु मुनिहरु ज्ञान, वैराग्य र भक्तिले श्रुतिलाई ग्रहण गर्दछन् र आत्मालाई देख्छन् । तिनै मानिस वर्णाश्रममा रही हरिलाई सन्तुष्ट गर्दै धर्म सिद्ध गर्छन् । त्यसैले सधैँ एकाग्र मनले भगवान्को ध्यानपूजा गरी कथा सुन्नु र गाउनुपर्छ । बलियो भक्तिले कर्मग्रन्थि खोल्ने यस्ता कथामा सबै विद्वान्ले रmचि राख्छन् । पुण्यतीर्थको सेवा र सज्जनको सेवाले सुन्ने इच्छा, श्रद्धा र भगवान्का कथामा रmचि जाग्छ । आफ्नो कथा सुन्नेका मनमा बसेर भगवान्ले अहित मेटाउँछन् । सधैँ भागवत सुन्दा प्रायः अहितकर कुरा नष्ट हुन्छन् र मन भक्तिमा लाग्छ । रज र तमबाट उत्पन्न हुने काम, लोभ आदि चित्तबाट भाग्छन् र सत्वगुणमा ऊ रमाउँछ ।

प्रसन्न मनले भगवान्का भक्तिमा जुट्नाले तत्वज्ञान हुन्छ र सङ्गबाट मुक्त भइन्छ । आफूभित्र ईश्वर देखेपछि हृदयको ग्रन्थि खुल्छ, संशय मेटिन्छ र कर्म मेटिन्छ । त्यसैले सज्जनहरु वासुदेवमा भक्ति लगाउँछन् र सधैँ प्रसन्न रहन्छन् । उनीहरु प्रकृतिका सत्व, रज र तम यी तीनै गुण परम पुरmषमा रहेको मान्दछन् । स्थिति कालमा हरि, विरिञ्चि र हर नाम उनैको हुन्छ । उनैबाट मानिसको श्रेय हुन्छ । दाउरा, धुवाँ र अग्नि जस्तै तमभन्दा रज र त्योभन्दा ब्रह्मज्ञान दिने सत्व गुण असल हो । उहिले मुनिहरुले भगवान् अधोक्षजलाई भजन गरेर नै उनका सत्वगुणले संसारको कल्याण भयो । मोक्ष खोज्नेहरुले घोर रुपका भूतपतिलाई छोडेर शान्त एवं अनसूय भावले नारायणकलाको ध्यान गर्छन् । रज र तमोगुणीहरु पितृ, भूत र प्रजापतिकै स्वभावका भएर धन, ऐश्वर्य एवं सन्तान खोज्छन् ।

वेद, यज्ञ, योग, क्रिया, ज्ञान, तप, धर्म र गति वासुदेवमै निहीत छन् । आफ्नो मायाद्वारा संसार सृष्टि गर्ने भगवान् व्यापक, सत्, असत्, सगुण र निर्गुण छन् । आफैँले प्रकट गरेका गुणले सगुणझैँ देखिँदै विशेष ज्ञानीका चेतनामा प्रवेश भई चम्किन्छन् । ती विश्वात्मा एउटै अग्नि विभिन्न ठाउँमा फरक देखिए जस्तै सबै प्राणीमा फरक हुन्छन् । गुणमय, सूक्ष्म भावले प्राणी, इन्द्रिय र आत्माभित्र आफ्नै सृष्टिका प्राणीको गुणमा रहन्छन् । यी लोकनिर्माता सत्वगुणले लोक सृष्टि गरेर देवता, तिर्यक् वा मानिसको अवतारमा रहन्छन् ।

इति श्रीमद्भागवते महापुराणे पारमहंस्यां संहितायां प्रथमस्कन्धे नैमिषीयोपाख्याने द्वितीयोऽध्यायः ।।२।।

प्रतिक्रिया दिनुहोस्