०८ पौष २०७५, काठमाडौं
क्लब विश्वकपको उपाधी रियल मड्रिड क्लबले जितेको छ । शनिबार राति दुबईमा भएको फाइनल भिडन्तमा उसले दुबईको क्लब अल आइनलाई ४–१ ले हराउँदै लगातार तेस्रो वर्ष उपाधि पोल्टामा पारेको हो ।
दुबईको जिएसजी रंगशालामा भएको फाइनल खेलमा रियललाई प्रभावशाली जित दिलाउन ४ जना फरक–फरक खेलाडीले गोल गरे । रियलले पहिलो हाफमा १ गोल गरेको थियो भने २ गोल दोस्रो हाफमा २ हानेको थियो । उसले दोस्रो हाफमा १ गोल उपहार पायो भने १ गोल खायो ।
रियलका लागि खेलको १४औं मिनेटमा लुका मोड्रिकले डि–एरियाभन्दा बाहिरबाट लङ सर्टमा गोल आकर्षक गोल गरेका थिए । उनकै गोलको मदतमा रियल पहिलो हाफमा १–० ले अगाडि रह्यो ।
त्यसपछि दोस्रो हाफमा रियलका लागि ६०औं मिनेटमा मार्कोस लोरेन्टोले लामो दुरीबाट भली प्रहारमा दर्शनीय गोल गरे । त्यसपछि खेलको ७८औं मिनेटमा कप्तान सर्जियो रामोसले हेडिङ गोल गरेपछि रियल ३–० ले अगाडि रह्यो ।
त्यसपछि खेलको ८६औं मिनेटमा अल आइनका लागि टुस्कासा सिओतानीले गोल गर्दै गोलअन्तर ४–१ मा झारे । तर, ९० मिनेटपछि थपिएको समयमा अल आइनका याहैया नदेरले आफ्नै पोस्टमा गोल गरेपछि खेल रियलले ४–१ ले जित्यो ।
यससँगै रियलले यस उपाधिमा कीर्तिमानसमेत बनाएको छ । उसले लगातार तीन वर्ष यो उपाधि जितेर इतिहास रचेको हो । हालसम्म यो उपाधि कुनै पनि टिमले लगातार तीन वर्ष जित्न सकेका थिएनन् । सँगै, रियल अब यो उपाधि सर्वाधिक धेरै ४ पटक जित्ने टोलीसमेत बनेको छ ।