०८ पुष २०७५, काठमाडौँ
नायिका प्रदिप खड्का र नायिका जसिता गुरुङ स्टारर चलचित्र लब स्टेशन ले केहिदिन अगाडि मात्र आफ्नो प्रदर्शन मिति घोषणा गरेको थियो । चैत्र १ बाट देशव्यापी रुपमा प्रदर्शनमा आउने भनिएको चलचित्र अब चैत्र १ मा नआउने भएको छ । चलचित्रको फिक्स रिलिज डेट भने घोषणा गरेको छैन ।
चलचित्रका निर्देशकले आफूलाई चलचित्रको रिलिज डेटबारे केहि थाहा नभएको बताएका छन् । त्यतिमात्र नभएर उनले आफूले अहिलेसम्म कुनैपनि चलचित्रको प्रचारप्रसारमा नहिडेको र यो चलचित्रको प्रचारप्रसारमा पनि नहिड्ने बताएका छन् । लब स्टेशन दर्शकले निकै कुरिरहेको चलचित्र हो । अब यो चलचित्र कहिले रिलिज हुन्छ त्यो भने केहिदिन पछिमात्र थाहा हुनेछ ।