नेसनल युनाइटेडमा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम



०८ पुस २०७५, काठमाडौ

हात्तीगौंडास्थित नेसनल युनाइटेड स्कुलले आयोजना गरेको प्रथम नेसनल युनाइटेड अन्तरविद्यालय बास्केटबल प्रतियोगिता २०१८ को समापन भएको छ । गल्र्स तथा ब्वाइज गरि २४ टिमको सहभागिता रहेको प्रतियोगितामा ब्वाइजतर्फ एन्जल हर्ट स्कुलले स्काइलार्क स्कुललाई पराजित गरी च्याम्पियन बन्दा गल्र्स तर्फ भ्याली पब्लिक स्कुलले चाँदबाग स्कुलमाथी जित हात पार्दै उपाधि पक्का गर्याे ।

प्याब्सन काठमाडौँ जिल्ला कार्यसमीतिका अध्यक्ष श्री हरि कृष्ण श्रेष्ठको प्रमुख आतिथ्यता तथा नेसनल युनाइटेड स्कुलका संस्थापक निर्देशक श्री जेबी हमालको सभापतित्वमा सम्पन्न पुरस्कार वितरण कार्यक्रममा बिजेता टिमहरुलाई प्रमाणपत्र, मेडल तथा ट्रफीद्वारा पुरस्कृत गरिएको थियो । प्रतियोगितामा ब्वाइजतर्फ एन्जल हर्ट स्कुलका प्रतिक गौलि तथा गल्र्स तर्फ भ्याली पब्लिक स्कुलकी पृ्र्णिमा परियार मोस्ट भ्यालुएबल प्लेयर घोषित भई प्रमाणपत्र तथा ट्रफि प्राप्त गर्न सफल भए ।

उक्त कार्यक्रममा काठमाडौँ जिल्लाका महानगर सहित एघारवटै नगरपालिका अन्तर्गतका प्याब्सन नगरकमिटीका अध्यक्षहरु त्था प्याब्सन बृ्ढानीलकण्ठ नगरकमिटीका सम्पूर्ण पदाधिकारीहरुलाई सम्मान गरिएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि तथा प्याब्सन काठमाडौँ जिल्ला कार्यसमितीका अध्यक्ष हरिकृष्ण श्रेष्ठले नयाँ संघिय संरचना अनुसार प्याब्सनका विभिन्न कमिटीहरुलाई चुस्त दुरुस्त राख्दै शैक्षिक तथा खेलकुदको क्षेत्रमा आगामी दिनहरुमा अझै प्रतिबद्ध भएर अघि बढ्न पर्ने कुरामा जोड दिनुभयो भने स्कुलका निर्देशक हमालले स्वागत मन्तव्यका क्रममा निजी तथा आवासिय विद्यालय र सामुदायिक विद्यालयका आ-आफ्नै विशेषताहरु रहेको हुँदा राम्रा अभ्यासहरुलाई आदानप्रदान गरी सहकार्य गनर्¬पर्नेे कुरा बताउँदै प्याब्सनको छाता संगठनमा रही शिक्षा र खेलकुदका माध्यमबाट स्कुलले राष्ट्रको शैक्षिक तथा खेलकुदको विकासमा टेवा पुर्याउने कुराको जानकारी गराउनुभयो ।

त्यसै गरी सोहि कार्यक्रमलाई सम्बोधन गर्दै विशेष अतिथि बृ्ढानीलकण्ठ नगरपालिका शिक्षा शाखाका उप-सचिव श्री तिलचन भण्डारीले निजी तथा सामुदायिक विद्यालयका बिच पारस्परिक सहयोगबाट नै राष्ट्रको शैक्षिक विकासले गति लिने कुरा व्यक्त गर्नुभयो ।

त्यसैगरि सम्मानित हुनुहुने अतिथी वक्ताहरुले आयोजकलाई धन्यवाद ज्ञापन गर्दै सम्मानले अझ बढी जिम्मेवारी बोध भएको र सोहि अनुरुप आगामी दिनमा अघि बढ्ने कुरा व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्