ला लीगा: आज तीन खेल हुँदै



०९ पौष २०७५, काठमाडौं

स्पेनिस ला लीगामा आज ३ खेल हुने भएका छन् । आज वर्ष २०१८ का अन्तिम खेल हुन लागेको जनाईएको छ । आज हुने ३ खेलमा पहिलो खेल साँझ ४ः४५ बजे भ्यालेन्सिया र हुएस्काबीच हुँदैछ । खेल भ्यालेन्सियाको घरमा हुनेछ । लिगमा हाल भ्यलोन्सिया १४औं स्थानमा छ । उसको खातामा १९ अंक छ ।

यता, आज भ्यालेन्सियाको घरमा उत्रिन लागेको हुएस्का भने लिगको सबैभन्दा पुछार २०औं स्थानमा छ । उसले खातामा मात्रै ८ अंक छ । उसले हालसम्म मात्रै १ खेल जितेको छ । आज हुने अर्को खेलमा राति ९ बजे लेगानेस र सेभिल्ला खेल्दैछन् । यो खेल लेगानेसको घरमा राति ९ बजेबाट सुरु हुनेछ । लेगानेस हाल लिगमा १६औं स्थानमा छ । उसको खातामा १८ अंक छ ।

आज अवे मैदानमा उत्रिन लागेको सेभिल्ला भने हाल लिगको तेस्रो स्थानमा छ । उसको खातामा ३१ अंक छ । ऊ हाल दोस्रो स्थानको एथ्लेटिको मड्रिडभन्दा ३ र शीर्ष स्थानको बार्सिलोनाभन्दा ६ अंकले टाढा छ । आजको खेल जितेर सेभिल्ला दोस्रो स्थानमा उक्लिने योजनामा छ । यो खेल जिते ऊ एथ्लेटिकोसँग अंक बराबरी गर्दै समान गोलअन्तरमा अघि रहेर दोस्रो स्थानमा उक्लिने छ ।

त्यत्ति मात्रै हैन, उसले आजको खेल जिते लिगको शीर्ष स्थानको बार्सिलोनामाथि दबाब पनि बढाउने छ । यो खेल जिते ऊ बार्सिलोनभन्दा मात्रै ३ अंकले पछि रहनेछ । आज हुन अर्को खेलमा राति ११ः१५ बजेबाट रायो भालेकानो र लेभान्टे खेल्दैछन् ।

खेल भालेकानोका घरमा हुनेछ । हाल भालेकानो लिगमा १० अंकसहित १९औं स्थानमा छ भने लेभान्टे २२ अंकसहित नवौं स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्