बिग बाश : पहिलो खेलको असफलतापछि भाग्य खोज्दै मेलबर्न



०९ पौष २०७५, काठमाडौं

नेपाली लेग स्पेनर सन्दिप लामिछाने अनुबन्धित टोली मेलबर्न स्टार्सले दोस्रो खेल आज खेल्दै छ । बिग बाश लिग अन्तर्गत पहिलो खेलमा सन्दीपको दुई विकेटका बाबजुत पराजित भएको मेलबर्नले दोस्रो खेलमा होबर्ट हर्रिकेन्सविरुद्ध प्रतिष्पर्धा गर्नेबताईएको छ ।

उक्त खेल नेपाली समय अनुसार बिहान १०.३० बजे शुरु हुने छ । सन्दीपले बिग बाश लिगमा उत्कृस्ट डेब्यु गरेका थिए । सिड्नी थन्डर्स बिरुद्धको खेलमा सन्दिपले चार ओवर बलिङ्ग गर्दै ३७ रन खर्चिएर दुई विकेट हात पारे । पछिल्ला ओभरमा केहि महँगो साबित भएपनि सन्दिपले आफ्नो पहिलो ओवरमा नै दुई विकेट लिंदै सनसनि मच्चाएका थिए ।

उनले १९ बलमा २२ रन बनाएका शेन वाटसनलाई निक लार्किनको हातबाट क्याच र ११ बलमा १५ रन बनाएका कालम् फ़र्गुससन्को विकेट लिएका थिए । मेलबर्न स्टार्सको लागि आठौँ तथा आफ्नो पहिलो ओवरको दोश्रो बलमा सन्दीपले वाटसन् तथा छैठौ बलमा फ़र्गुससन्लाई कट एंड बोल्ड गर्दै आफ्नो पहिलो ओभरमा तीन रन खर्चिएर दुई विकेट हात पार्न सफल भएका थिए ।

चार ओभरको स्पेलमा सन्दीपले तीन छक्का, एक चौका, दुई डबल, दश सिंगल र आठ डट बल गरे । उनले दोश्रो ओभरमा एक चौकासहित छ रन खर्चिए भने तेश्रो ओभरमा एक छक्का सहित १३ रन खर्चिए । त्यतै उनले आफ्नो अन्तिम ओवरमा दुई छक्का सहित कुल १५ रन खर्चिएका थिए ।

सन्दिपलाई जासन सांघाले तीन छक्का प्रहर गरे । गत कार्तिकमा भएको अक्सनमा सन्दीपलाई स्टार्सले टोलीमा सन्दीपलाई आबद्ध गरेको थियो । सन्दिपले बिग बाश लिगमा दुई चरणमा गरेर खेल्ने छन् ।

प्रतिक्रिया दिनुहोस्