१२ बर्षको उमेरमा आफ्नो चुम्बन बेचे : श्रृङ्खला खतिवडा



०९ पुष २०७५, काठमाडौँ

मिस नेपाल २०१८ को उपाधी जित्दै मिस वल्र्ड २०१८ मा उत्कृष्ट १२ मा पर्न सफल भएकी श्रृङ्खला खतिवडाको एक स्टाटस यतिबेला सामाजिक सञ्जालमा निकै भाइरल भैरहेको छ ।

उनले आफूले बर्षको उमेरमा चुम्बन बेचेको बताएकी छिन् । इन्स्टाग्राममा उनले लेखेकी छन्, ‘रातो‘। म १२ वर्षको हुँदा एउटा रातो गुलाफका लागि आफूभन्दा पाँच वर्ष जेठोलाई चुम्बन बेचेँ । उनले आफ्नो रातो बाइकमा मलाई सधैं घुमाउने गर्थे र म उनलाई बस स्ट्यान्डमा कुरेर बसिरहेको हुन्थें । एक दिन उनी रोकिए, हेलमेट खोले, कर्ली कपाल मिलाए । रातो बाइकमा सवार उनी मतिर हेरेर मुस्कुराए । भ्यालेन्टाइन्स डेको दिनमा उनले मलाई रातो गुलाफ दिए, मलाई बाइक पछाडि हालेर एउटा अँध्यारो कोठामा लगे । जब हामी हिँडिरहेका थियौं उनले टेबलमा बसिरहेका केटाहरुसँग नजर साटे । उनले मलाई यसरी चुम्बन गरे कि त्यहाँ कोही पनि छैनन्, म एक वस्तु हुँ र उनलाई मेरो ओठसँग मात्र सरोकार छ । म त्यहाँ लाचार उभिरहेँ । उनले मेरो स्तन समाते । उनले मेरो ओठबाट जीवन नै तानिरहेका थिए । उनी दुष्ट मुस्कानसहित पछाडि हटे, उनको र्याल र मेरो रगत आफ्नो बाहुलाले पुछे, मलाई मातेको रातो आँखाले हेरे‘। मेरो पहिलो चुम्बन १’

अझै उनले लेखेकी छन्, ‘उनले मलाई अँगालो हाले । नजिकै भएका उनीहरुका साथीहरुले मेरो सुन्निएको ओठ हेर्दै आफ्नो साथीको पछिल्लो विजयलाई मुस्कानसहित तारिफ गरे । तर उनले मलाई साँच्चै नै माया गर्छन् किनभने उनले मलाई भ्यालेन्टाइन्स डेमा रातो गुलाफ दिएका हुन् ।’

 

 

प्रतिक्रिया दिनुहोस्