०९ पुष २०७५, काठमाडौँ
नेपालको सबैभन्दा ठूलो गायन रियालिटि शो नेपाल आइडल सिजन २ को ग्राण्ड फिनाले भैसकेको छ र नेपालले नेपालको दोस्रो नेपाल आइडल पनि पाइसकेको छ । फाइनलमा पुगेका चार प्रतिस्पर्धी अस्मिता अधिकारी, सुमित पाठक, विक्रम बराल र रवि ओडमध्ये अस्मिता अधिकारीले चौथो स्थान प्राप्त गरेकी छिन् । त्यसैगरी झापाका सुमित पाठकले तेस्रो स्थान हासिल गरेका छन् भने पोखराका विक्रम बराल दोस्रो स्थानमा आउन सफल भए ।
दर्शकको अत्याधिक माया र भोटका साथ धनगढीका रवि ओडले नेपाल आइडल सिजन २ को ताज जितेका छन् । उनले नेपाल आइडल जितेसँगै उनका फ्यानहरु निकै खुसी भएका छन् भने केहिले विवाद पनि गरिरहेका छन् ।
केहिले उनलाई आफ्नो गरिबी देखाएका कारण नेपाल आइडल सिजन २ को विजेता बनेको आरोप समेत लगाएका छन् । भर्खरै मात्र भएको एक अन्तवार्तामा रविले यस विषयमा मुख खोलेका छन् । उनले आफ्नो गरिबीको कारण नभई आफ्नो कडा मेहेनत र दर्शकको अत्याधिक माया र भोट पाएर नेपाल आइडलको उपाधी जित्न सफल भएको बताएका छन् ।
त्यतिमात्र नभएर रविले आफूलाई जसले नराम्रो कमेन्ट गरेका छन् । त्यो कमेन्टलाई रिसको रुपमा नहेरी सकरात्मक नजरले हेर्ने गरेको र त्यस्ता कमेन्टबाट आफूले धेरै कुरा सिक्ने मौका पाएको बताए । रविले अब भविष्यमा राम्रा प्रोजेक्ट लिएर दर्शकमाझ आउने बताएका छन् ।