१० पौष २०७५, काठमाडौं
भारतीय क्रिकेट टिमका पूर्व कप्तान महेन्द्र सिंह धोनी भारतीय टी–२० टिममा फर्किएका छन् । भारतीय क्रिकेट कन्ट्रोल बोर्डले न्युजील्याण्डका लागि सोमबार सार्वजनिक गरेको टी–२० टिममा धोनी फर्किएका हुन् । यसअघि धोनी हालै वेस्ट इन्डिज र अस्ट्रेलियाविरुद्धको टी–२० टिममा परेका थिएनन् ।
फेब्रुअरीको सुरुमा हुने न्युजील्याण्डसँगको टी–२० सिरिजका लागि धोनी विकेटकिपर ब्याट्सम्यानको रुपमा टिममा फर्किएका हुन् । त्यसै गरी हाल अस्ट्रेलियामा टेस्ट खेल खेलिरहेको भारतीय टिमको एकदिवसीय टिमबाट विकेटकिपर ब्याट्सम्यान रिषव पन्तलाई हटाइएको छ । रिषवको ठाउमा दिनेश कार्तिकलाई मौका दिइएको छ । रिषव न्युजील्याण्डविरुद्धको टी(२० सिरिजमा भने टिममा समावेश रहेका छन् ।
भारतले हाल अस्ट्रेलियाविरुद्ध टेस्ट सिरिज खेलिरहेको छ । यसअघि सम्पन्न २ टेस्ट खेलमा १/१ को बराबरी रहेको छ भने अब २ टेस्ट खेल्न बाँकि रहेको छ । त्यस्तै यसै भ्रमणका क्रममा भारतले अस्ट्रेलियासँग ३ एकदिवसीय खेलको सिरिज पनि खेल्ने भएको हो ।