नास्टमा जनशक्ति अभावले कार्यक्रम प्रभावित



१० पुष २०७५, काठमाडौँ

नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट) का विभिन्न कार्यक्रम जनशक्ति अभावले प्रभावित बनेका छन् ।

पहिरोका बारेमा पूर्व सूचना दिने प्रविधि, भूकम्पको पूर्व सूचना दिने प्रविधिलगायतमा जनशक्तिको कमी भएको हो । अहिले प्रतिष्ठानको प्रविधि सङ्कायमा २५ कर्मचारी कार्यरत छन् । झण्डै २० जना थप जनशक्ति आवश्यक भएको प्रविधि सङ्कायका प्रमुख इञ्जिनीयर डा रवीन्द्रप्रसाद ढकालले बताउनुभयो । उहाँले भन्नुभयो, “आवश्यक मात्रामा जनशक्ति हुँदा मात्रै कार्यक्रम प्रभावित हुँदैन ।”

प्रतिष्ठानले सोझै करारमा कर्मचारी नियुक्ति गर्न नमिल्दा कर्मचारीको अभाव भोग्नु परिरहेको हो । लोकसेवा आयोगले नै कर्मचारी नियुक्ति गर्ने हुँदा यहाँको सेवा आयोगले कर्मचारी नियुक्त गर्न पाएको छैन ।

प्रतिष्ठानले प्रदेशस्तरमा समेत शाखा खोल्ने योजना बनाएको छ । उहाँले भन्नुभयो, “त्यसका लागि पनि पर्याप्त मात्रामा प्राविधिक जनशक्तिको खाँचो पर्छ ।” प्रतिष्ठानले विज्ञान र प्रविधिको नयाँ/नयाँ खोजी र अनुसन्धान गर्दै सफल भएका प्रविधि स्थानीयस्तरमा हस्तान्तरण गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्