१० पौष २०७५, काठमाडौं
नेपाली राष्ट्रका टोली पारस खड्का अष्ट्रेलियामा हुने ‘नेपाली क्रिकेटको प्रचारात्मक कार्यक्रम’ मा सहभागित हुने भएका छन् ।
अष्ट्रेलियाको विभिन्न मुख्य ४ शहरमा हुन लागको कार्यक्रमको लागि उनी आजै त्यसतफै जान लागेका हुन् । उनीसँगै दिपेन्द्र सिंह ऐरी र सुवाष प्रधान पनि जाने बताईएको छ ।
‘नेपाली क्रिकेटलाई विश्वभर प्रवद्र्धन गरौं’ भन्ने मुल नाराका साथमा हुन लागेको कार्यक्रमको जानकारी आज काठमाडौंमा पत्रकार सम्मेलन गरि दिईएको हो ।
यससँगै कप्तान खड्काले अष्ट्रेलियका विभिन्न खेलाडीहरुसँग अन्तरक्रियात्मक भेटघाट गर्ने पनि जनाइएको छ ।