मनोज  गजुरेलसँग डिभोर्स भएको १ बर्षको खुसियाली यसरी मनाउँदै मिना



१० पुष २०७५, काठमाडौँ

मनोज गजुरेल नेपालका निकै चर्चित हाँस्यकलाकार हुन् । उनले आफ्नो कमेडि गर्ने शैलीका कारण धेरै फ्यान कमाउन सफल भएका छन् । तर अहिलेको कुरा गर्ने हो भने उनीभन्दा पनि बढी उनकी पूर्वपत्नी मिना ढकाल चर्चित छिन् । मनोजसँग डिभोर्स हुनुअघि गुमनाम रहेकी मिना अहिले भने विभिन्न कारणले चर्चामा आइरहन्छिन् ।

अरु मानिसलाई छुट्टिएर बस्नुपर्दा पिडा हुन्छ तर मिना भने मनोजसँग डिभोर्स भएको १ बर्षको खुसियाली मनाउँदै छिन् । उनले भोली बानेश्वरस्थित आफ्नो बुटिकमा चियापान कार्यक्रम राखेकी छिन् । जहाँ उनका नजिकका साथीभाई र मिडियाकर्मीको उपस्थिति रहने छ ।

मिनाले आफ्नो आधिकारीक फेसबुकमा स्टाटस लेख्दै म स्वतन्त्र भएको १ बर्षको खुसियालीमा यहाँहरुमा चियापान कार्यक्रमका लागि निम्तो गर्दछु भनेकी छिन् । मनोज र मिनाले सहमतिले एकअर्कासँग डिभोर्स गरेका हुन् । यी दुईका २ सन्तान पनि छन् । हाल मनोजका छोरा मनोजसँगै बस्छन् भने छोरी आमा मिनासँग बस्छिन् ।

 

प्रतिक्रिया दिनुहोस्