नेकपा स्थायी समिति बैठकः मन माझियो कि झन् भाँचियो



११ पुष २०७५, काठमाडौं

एकताको आठ महिनापछि बसेको स्थायी कमिटी बैठकमा नेकपा नेताहरूले मन फुकाएर धारणा राखेका छन्, धेरैले नेतृत्वको कार्यशैलीमा प्रश्न उठाएका छन् भने केहीले बचाउ गरेका छन् । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

पार्टी एकताको आठ महिनापछि पहिलोपटक सत्तारूढ नेकपामा गरमागरम राजनीतिक र सांगठनिक बहस भइरहेको छ ।

बैठक नबोलाइएको भनेर स्थायी समिति सदस्यबाट तीव्र आलोचना खेपेका अध्यक्ष केपी ओली र पुष्पकमल दाहालले यसपटक मन फुकाएर नेताहरूलाई बोल्न दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्