रणवीरसँग अफेयर हुँदा कट्रिनाले जुन गल्ती गरिन् त्यो म गर्न चाहन्न : आलिया भट्ट



११ पुष २०७५, काठमाडौँ

यतिबेला बलिउड नायक रणवीर कपुर र आलिया भट्ट प्रेममा रहेका छन् । उनीहरुको प्रेमको चर्चा यतिबेला सामाजिक सञ्जालमा निकै नै भईरहेको थियो । यतिबेला सामाजिक सञ्जालमा रणवीर र आलियाको एक अन्तवार्ताको निकै चर्चा भैरहेको छ ।

स्मरण रहोस् रणवीरको आलियाभन्दा अगाडी कट्रिनासँग अफेयर थियो । तर केहि कारणबस यी दुईको ब्रेकअप भएको थियो । कट्रिनापछि अहिले उनको अफेयर बलिउडकी क्यूट नायिका आलिया भट्टसँग छ । कट्रिनाले रणवीरसँग अफेयर हुँदा रणवीरलाई मात्र मान्यता दिएर आफ्नो करियरलाई कत्तिपनि ख्याल गरेकी थिइनन् । जसका कारण अहिले कट्रिनालाई फेरि माथि उठ्न सकस गर्नुपरिरहेको छ ।

आलियाले भने आफू कट्रिनाले जस्तो गल्ती नगर्ने बताइन् । उनले आफू रणवीरसँग प्रेममा भएपनि आफ्नो करियरलाई पछाडी नछोड्ने बताइन् । आलिया आफ्नो प्रेमसँगै करियरलाई पनि अगाडी लैजाने बताउँछिन् ।

 

प्रतिक्रिया दिनुहोस्