११ पुष २०७५, काठमाडौँ
नायिका शिल्पा पोखरेल सधैँ चर्चित निर्माता छविराज ओझासँगको प्रेमका कारण नेपाली चलचित्र क्षेत्रमा चर्चा पाउने गरेकी छिन् । हुन त उनले धेरै चलचित्रमा काम गरिसकेकी छिन् तर पनि उनले दर्शकबाट सोचेजति माया र चर्चा पाउन सकेकी छैनन् । खाली बेला बेलामा छविसँगको प्रेमका कारण उनी चर्चामा आउने गर्छिन् ।
आजभोली नेपाली चलचित्र जगत्मा छवि र शिल्पाको झगडा हुन थालेको चर्चा छ । केहिदिन अगाडी मात्र शिल्पाले आफ्नो जन्मदिन मनाएकी थिइन् जहाँ छवि उपस्थित भएका थिएनन् । त्यसबाहेक आजभोली छविले शिल्पालाई अफर गरिएको चलचित्र उनैसँगै सोध्दै नसोधी रिजेक्ट गरिदिने गरेका छन् । जसका कारण पनि छवि र शिल्पाको सम्बन्धमा खटपट भएको अनुमान लगाउन सकिन्छ ।
छवि र शिल्पाको विवाह हुने कुरा निकै पहिलेदेखि नै चलेको हो तर त्यसो भएको छैन । हुन त छवि र शिल्पाका केही मित्रले यी दुईको विवाह भैसकेको बताएका छन् तर छवि र शिल्पा भने यो कुरा नर्कादैँ आएका छन् । के छवि र शिल्पाको सम्बन्ध साच्चैँ नै बिग्रिएको हो त ?