११ पौष २०७५, काठमाडौं
विश्व फुटबलमा चम्किरहेका २० वर्षीय केलिय एकबाप्पेले फ्रान्सेली वर्ष खेलाडीको उपाधी हात पारेका छन् । सन् २०१८ मा फिफा विश्वकपको उपाधी दिलाउन समेत महत्वपुर्ण भूमीका रहेका एमबाप्पेलाई यो वर्षको फ्रान्सेली वर्ष खेलाडीको उपाधी दिईएको हो ।
एमबाप्पेले रियल म्याड्रिडका राफेल भारान र एन्टोइन ग्रिजम्यानलाई पछि पार्दै यस उपाधि जितेका हुन् । सन् १९५९ देखि प्रदान गरिँदै आएको यस पुरस्कारलाई प्रतिष्ठित फ्रान्स फुटबल म्यागजिनले आयोजना गर्दै आएको छ ।
विगतमा फ्रान्समा खेल्दै आएका फ्रान्सेली खेलाडीलाई मात्र मनोनयनमा राखिने गरिएको थियो । अहिले भने फ्रान्स बाहेक अन्य लिगमा खेल्ने खेलाडीलाई पनि मनोनयन गर्ने गरिएको छ ।
एमबाप्पे, ग्रिजम्यान र भारान फ्रान्सले रुस विश्वकप उपाधि जित्दा टोलीमा सनसनी पूर्ण प्रदर्शन गरेका थिए । विश्वकपमा उत्कृष्ट युवा खेलाडी बनेका २० वर्षीय एमबाप्पे हालै सम्पन्न ब्यालोन डी’ओरमा पनि चौथो भएका थिए ।