चलचित्र ‘हजार जुनी सम्म’ का लागि पोखरामा बाइक चलाउन सिक्दै स्वस्तिमा



१२ पुष २०७५, काठमाडौँ

स्वस्तिमा खड्का अहिलेकी सर्वाधिक चर्चित र व्यस्त नायिका हुन् । उनी अहिले एकपछि अर्को चलचित्रमा निकै व्यस्त छिन् । उनको व्यस्ततासँगै डिमाण्ड पनि बढ्दै गएको छ । यतिबेला उनी चलचित्र हजार जुनी सम्म को छायांकनमा व्यस्त छिन् । जुन चलचत्रिलाई विकास आचार्यले निर्देशन गरिरहेका छन् ।

यतिबेला चलचित्रको छायांकनको क्रममा पोखरा पुगेकी स्वस्तिमा चलचित्रको लागि बाइक सिक्नमा व्यस्त छिन् । उनले चलचित्रमा बाइक चलाउनु पर्ने भएकाले उनले बाइक सिक्नु परेका हो । स्वस्तिमाले आफूलाई बाइक सिक्न निकै नै रमाइलो भैरहेको बताएकी छिन् । बाइक चलाउँदा आफूलाई नयाँ अनुभव भएको पनि उनले बताइन् ।

चलचित्र हजार जुनी सम्म मा स्वस्तिमा नव अभिनेतासँग काम गर्दैछिन् । चलचित्रमा आर्यन सिग्देल र प्रियंका कार्कीको पनि मुख्य भूमिका रहेको छ । चलचित्रको लागि नायक आर्यन सिग्देलले पनि आफ्नो गेटअप परिवर्तन गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्