चर्चित रविना वादीले यसरी मनाइन् छोराको जन्मदिन, श्रीमानको नाम पनि लिन चाहन्नन् ( भिडियो सहित )



१२ पुष २०७५, काठमाडौँ

चर्चा र आलोचनाका कारण रविना  वादी मिडियामा आईरहन्छिन्् । कहिले उनको श्रीमान्सँगको झगडा त कहिले छोराको न्यायको लागि लडेका कुराले उनले चर्चा र आलोचना दुवै पाएकी छिन्। उनै रविना धेरैपछि मिडियामा खुसी हुँदै आएकी छिन् । हिजोमात्र रविनाले आफू काठमाडौँमा आउँदा सबैभन्दा पहिले बसेको आश्रममा आफ्नो छोराको जन्मदिन मनाएकी छिन् ।

केहिसमय अघिमात्र आफ्नो छोरालाई किड्नी दिएर बचाएकी रविनाले निकै नै खुसीका साथ आफ्नो छोराको जन्मदिन मनाइदिएकी छिन् । उनको छोराको जन्मदिनमा उनका नजिकका आफन्त र मिडियाकर्मीहरु पुगेका थिए । रविनाको छोराको केक काट्ने क्रममा उनलाई पत्रकारले उनको श्रीमान्को बारेमा पनि प्रश्न सोधेका थिए ।

रविना आफ्नो पती श्यामको नाम पनि सुन्न नचाहने बताउँछिन् । त्यतिमात्र नभएर उनले यस्तो खुसीको माहोलमा त्यसको नाम नलिनुस् पनि  भनिन् । केहिसमय अघि रविना र श्याम मिल्ने कुरा थियो । तर रविनाले अहिले श्यामसँग आफ्नो कुरा नभएको बताएकी छिन् । त्यतिमात्र नभएर रविना अब श्यामसँग आफू मिलेर बस्न नसक्ने बताउँछिन् ।

 

प्रतिक्रिया दिनुहोस्