बिग ब्याश : सन्दीप बने प्रतियोगितामा सर्वाधिक विकेट लिने खेलाडी



१३ पौष २०७५, काठमाडौं

नेपाली लेग स्पिनर सन्दीप लामिछानेले अस्ट्रेलियामा जारी बिग ब्याश टि–२० क्रिकेट प्रतियोगितामा आफ्नो दबदबा कायमै रोखका छन् । प्रतियोगिताका ३ खेल सकिँदा सन्दीप सर्वाधिक धेरै विकेट लिने खेलाडी बनेका छन् ।

लिगमा मेलबर्न स्टार्सबाट खेलिरहेका सन्दीपले आज बिहीबार भएको खेलमा पनि आफ्नो लय कायमै राखे । प्रतियोगितामा यसअघिका दुई खेल हारेको मेलबर्नलाई तेस्रो खेलमा जित दिालाउनेत्रमा सन्दीपले २ विकेट लिए ।

आजको खेलमा सिड्नीविरुद्ध तेस्रो ओभरमै बलिङ गर्न आएका सन्दीपले अन्तिम बलमा टोम कुुरानलाई निराश बनाए । आज पनि ४ ओभर पूरै बलिङ गरेका सन्दीपले मात्रै १८ रन खर्चेर २ विकेट लिए ।

पहिलो ओभरमा ४ रन खर्चेका उनले दोस्रो ओभरमा पनि ४ रन मात्रै दिए भने १ विकेट लिए । त्यसपछि तेस्रो ओभरमा मात्रै ३ रन खर्चेर उनले १ विकेट लिए ।

यससँगै सन्दीप बिग ब्याशमा सर्वाधिक धेरै विकेट लिने खेलाडीको शीर्ष स्थानमा उक्लिएका छन् । सन्दीपले ३ खेलबाट ७ विकेट लिइसकेका छन् । उनले हालसम्म ७१ रन दिएर ७ विकेट लिएका हुन् ।

उनीपछि ड्यानीयल साम र जासन बेरेन्डफ समान ६–६ विकेट लिए र दोस्रो र तेस्रो स्थानमा छ । यही लय कायम राखे सन्दीप प्रतियोगिता सकिँदा सर्वाधिक धेरै विकेट लिने खेलाडी बन्ने सम्भावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्