१३ पुष २०७५, काठमाडौँ
शाहरुख खान बलिउडका निकै नै चर्चित अभिनेता हुन् । त्यतिमात्र नभएर उनी किङ्ग खानको नामले पनि बलिउडमा चर्चित छन् । उनी शाहरुख हिजो मात्र एक टक शो मा गएका थिए । जहाँ उनले आफ्ना नजिकका साथी सलमान खानको जन्मदिन पनि मनाए । उक्त शो मा शाहरुखले आफ्नो जीवन र करियरका विषयमा पनि कुरा गरेका थिए । त्यतिमात्र नभएर शाहरुखले उक्त शो मा कसैलाई थाहा नभएको एक सत्य पनि बताएका थिए ।
शाहरुख खान पहिलो पटक दिल्लीबाट मुम्बई आउँदा उनले ट्रेनमा एक युवतीको थप्पड खाएका रहेछन् । शाहरुखले आफूले उक्त थप्पडबाट नै सफलता पाएको बताए । त्यतिमात्र नभएर शाहरुखले आफू के कारणले थप्पड खाएको पनि बताएका छन् ।
म गौरीलाई भेट्न ट्रेनबाट मुम्बई आइरहेको थियो । मसँग तीनजना साथी पनि थिए । हामीले हाम्रो सिट बुक गराएका थियौं । म आफ्नो सिटमा निदाएछु । मलाई थाहा थिएन कि मुम्बई छिर्नेबित्तिकै ट्रेन लोकल हुन्छ र सिटमा कोही पनि सुत्न पाउँदैन । मेरो सिटमा अन्य दुई व्यक्ति पनि बसिरहेका थिए । हामीले ९ सय रुपैयाँको टिकट किनेका थियौं । हाम्रो सबै पैसा सिद्धिएको थियो । दुई–चार जना आएर भने, ‘ल उठ, हामी पनि बस्छौं ।’ हामी दिल्लीमा बस्नेहरु पटनाका जस्तै हुन्छौं । यदि कसैले गलत कुरा गरिरहेको छ भने झगडा खेल्न तयार भइहाल्ने । यसैबीच एकजनाले मलाई भने, ‘ओहो, यहाँ कसरी सुतिरहेको छौ रु’ त्यसपछि मैले सिटमा टाङ फट्याएँ र भने, ‘ल, यसरी सुतिरहेको छु । गर्, जे गर्नुछ ।’ उनले भने, ‘उठ्’ । मैले भने, ‘उठा’ । हामी तीनजना थियौं । उनीहरु त्यहाँबाट हटे ।’
‘त्यसपछि पनि दुईचारजना आइरहे । उनीहरुलाई लाग्यो कि हामी बोल्न सक्दैनौं, त्यसकारण बस्न दिए । त्यसपछि एक महिला आइन् । म त्यतिबेला पनि सिटमा सुतिरहेको थिएँ । उनले भनिन्, ‘हट । खुट्टा हटाउ । बस्न देउ । यो सुत्ने ठाउँ होइन, बस्ने ठाउँ हो ।’ उनी महिला थिइन् त्यसकारण मैले खुट्टा मोडेर उनलाई बस्ने ठाउँ दिएँ । त्यसपछि अर्को कोही आए । उनी मतिर सरिन् र उनलाई पनि सिटमा बसाइन् । उनले भनिन्, ‘बस, बस, सबैजना बस । ’ त्यसपछि उनले मलाई भनिन्, ‘ल, तिमी उभिउ त यहाँ अर्की एक महिला बस्नेछिन् । ’ मैले उक्त सिटका लागि ९ सय रुपैयाँ तिरेको बताएँ । मैले भने, ‘यहाँ बस्नु मेरो अधिकार हो ।’ त्यो मेरो मुम्बईमा पहिलो दिन थियो । ती महिला उभिइन् र मलाई थप्पड हान्दै भनिन्, ‘तेरो अधिकार ’ मैले भने, ‘होइन, होइन, मेरो केही पनि होइन । तपाईंकै हो । ’
शाहरुख आफ्नो त्यो थप्पड सधैँका लागि स्मरण रहेको बताउँछन् । शाहरुख सायद त्यहि थप्पडका कारण आज आफू स्टार भएको भन्छन् । नभन्दै मुम्बई आएपछि शाहरुखको करियर यति राम्रो भएर आयो की अहिले उनी बलिउडका निकै धनी र चर्चित सेलेब्रेटी बनेका छन् ।