राजधानीका भित्ताहरुमा चलचित्रका पोष्टर टाँस्न बन्देज गरियो



१३ पुष २०७५, काठमाडौँ

काठमाडौँलाई नेपालको राजधानी भनेर चिनिन्छ । सायद त्यसैले पनि होला यहाँ मानिसहरुको ठूलो बसोबास पनि रहेको छ । यहाँ नै अधिकांश कलाकारको पनि बसोबास रहेको छ । हरके बर्ष यहाँ धेरै चलचित्रहरु प्रदर्शन हुने गर्छन् । चलचित्र प्रमोशनका लागि सडकका भित्ता भित्तामा चलचित्रको पोष्टर टास्ने प्रचलन अझैपनि हराएको छैन ।

जुन नयाँ चलचित्र आउँछ त्यसको पोष्टर राजधानीका कुना कुनामा भित्तामा टासिएको हुन्छ । तर अबदेखि राजधानीमा चलचित्रका पोष्टर टाँस्न नपाइने भएको छ । काठमाडौँ महानगरपालिकाले हिजोमात्र भएको पत्रकार सम्मेलनमा अबदेखि काठमाडौँका भित्ताहरुमा चलचित्रका पोष्टर टाँस्न मनाही भएको जानकारी गराइएको छ ।

हुन पनि सडकभरि टाँसिने पोष्टरका कारण काठमाडौँ निकै नै प्रदुशित देखिएको थियो । अब यस्तो नियम लागू हुँदा चलचित्रको पोष्टर कसैले पनि टाँस्दैनन् । जसका कारण राजधानीका भित्ताहरु केहि हदसम्म सफा देखिन्छन् ।

 

प्रतिक्रिया दिनुहोस्