१३ पुष २०७५, काठमाडौँ
सलमानकी भूतपूर्व भाउजु मलाइका अरोरा यतिबेला बलिउड अभिनेता अर्जुन कपुरसँग प्रेममा छिन् । सायद अब अर्जुन र मलाईकाको प्रेमबारे कोहिपनि अनविज्ञ छैनन् होला । अर्जुन र मलाईका पनि आजभोली खुलेर आफ्नो प्रेम देखाउन थालेका छन् ।
अर्जुन केहिदिनमै आफ्नी बहिनीको बर्थडे का लागि सिङ्गार जादँैछन् । त्यसैले केहिदिन अघिमात्र उनले आफ्नी प्रेमिका मलाईकालाई डिनरमा लिएर गएका छन् । अहिले सामाजिक सञ्जालमा उनीहरुको प्रेमको निकै नै चर्चा हुन थालेको छ । मलाईकाले सलमानका दाईलाई डिभोर्स दिएर अर्जुनसँग प्रेमसम्बन्ध राखेकी हुन् । अब उनीहरु चाडैँ नै विवाह पनि गर्दैछन् ।