१५ पौष २०७५, काठमाडौं
विश्व फुटबलका खेलाडी क्रिस्टियानो रोनाल्डो चम्किएपछि इटालियन सिरी ‘ए’ मा युभेन्ट्सले तुलनात्मक रुपमा कमजोर टोली साम्पडोरियमाथि कठिन जित हात पारेको छ । शनिबार बेलुका भएको खेलमा युभेन्ट्सले साम्पडोरियालाई २–१ गोल हरायो ।
घरेलु मैदानमा युभेन्ट्सलाई जित दिलाउन दुवै गोल रोनाल्डोले गरे । साम्पडोरियाका फाबियोले एक गोल फर्काएका थिए । रोनाल्डोले खेलको दोस्रो मिनेटमा गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए ।
तर ३३ औं मिनेटमा फाबियोले गोल गर्दै पाहुना टोलीलाई खेलमा फर्काए । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा रोनाल्डो पेनाल्टीमा उत्कृष्ट गोल गरेका थिए ।
६५औं मिनेटमा रोनाल्डोले पेनाल्टीको सही सदुपयोग गर्दै युभेन्ट्सलाई महत्वपूर्ण तीन अंक दिलाए । जितसँगै युभेन्ट्सले लिगमा आफ्नो अग्रता फराकिलो बनाएको छ ।
युभेन्ट्सले १९ खेलबाट ५३ अंक जोडेको छ । युभेन्ट्स दोस्रो स्थानको नापोली भन्दा १२ अंकले अगाडी छ । साप्पडोरियाले १९ खेलबाट २९ अंक बनाएको छ ।