‘शारिरीक दुर्वलता केही होईन, सबैभन्दा ठुलो कुरा त आत्मबल हो’ मानसिक सपाङ्ग अनु राईको कथा !



१५ पौष २०७५, काठमाडौं

त्यस्ता मान्छे विरलै पाईन्छन् । जो मानिस शारिरीक रुपमा दुर्वलता भएर पनि एउटा सपाङ्गजस्तै सबै कुरामा सक्रिय रहन सक्छ ।
त्यहिँ सूचीभित्र पर्ने एक नारी, जो स्वीमिङ, बाँस्केटबल, भारत्तोलक तथा अन्य खेलमा समेत सक्रिय छिन् ।

जसको नाम हो,,,,, अनु राई, उनको बारेमा मैले पहिले सुनेको मात्रै थिएँ । त्यसपछिको पहिलो भेटमा मलाई लागेको हुँदो हो । ती कुराहरु कसरी सम्भव छ ? जुन जुन कुरा मैले सुने ?

त्यसपछिको उनीसँगको कुराकानीमा पो थाहा भयो ती सम्भावनाहरुको दस्तावेजहरु रहेछन् भनेर ।

यसरी सुरु भए,,,,उनको कहानी–––

वाल्यकाल !

वि. स. २०४५ साल असार ०९ को दिन उनी रुँदा आमा हाँसेकी थिईन रे्, अर्थात मेरो जन्मदिन, अझै पनि म यहि दिन मेरो मातापितालाई धन्यवाद दिने गर्दछु ।

बुढापाकाले भनेझैं “जन्मन मात्रै गाह्रो” हुने रहेछ । त्यसपछि कसरी ठुलो भएँ । खासै थाहा छैन । बच्चापनको कुराहरु सायदै कमैलाई थाहा हुन्छन् ।

धेरै कुराहरु याद आउँछन् तर, सपनामा सपना देखिएको जस्तो मात्रै । सामान्य परिवारमा भएको मेरो जन्मलाई मैले वरदान भनेर स्वीकारें, वाल्यकालको मेरो दिनहरु अहिले सम्झदाँ पो बेकार जस्तो लाग्छ, जे गरियो चाहिने काम गरिएन, मात्रै वाल्यकालको आत्मासन्तुष्टिका लागि गरियो ।

अहिले सम्झिदाँ रमाउँन मन लाग्छ, एक पटक फेरी फर्केर आईदियोस् जस्तो लाग्छ, त्यो जमाना, भईदिउ लाग्छ, फेरी एकपटक मट्यांग्रा खेलाउने बच्चा ।

शिक्षा !

सानैमा विद्यालय भर्ना भएको म,

सानोमा विद्यालयको महत्व, शिक्षाको महत्व, तथा कितावको महत्वलाई खासै कसैले पनि बुझ्दैनन् ।

तर मलाई त्यस्तो लाग्दैन्थ्यो । किनकी म मा सानोमा त्यस्तो खालको क्षमताहरु खासै थिए जस्तो लाग्दैन । विद्यालय भर्ना भएर पढ्न सुरु गरेको म उतिर्ण भने लगातारै हुन्थें ।

एक दिन दुई दिन गर्दै धेरै पढेबढे जस्तो लाग्यो । पढ्दै जाँदा, मैले माध्यमिक तहलाई पनि पार गरेछु । गाँउकै विद्यालयबाट एसएलसी परीक्षालाई उतिर्ण गरे ।

त्यसपछि उच्च शिक्षाका लागि राजधानी नै आँए । एसएसल्सी सम्मको पढाईलाई सकेर म काठमाडौं वि. स. २०६३ तिर आएको हुँ । त्यसपछि यतै प्लस टु अध्ययन सुरु गरें ।

रहर !

रहरहरु जोसँग पनि विभिन्न किसिमको हुन्छन् । चाहे त्यो सडकमा माग्ने होस् वा महलमा जीवन व्यतीत गर्ने । यो एक मानवीय विशेषता हो ।

मलाई पनि सुरुमा धेरै नै केही गर्ने तथा ठुलो मान्छे बन्ने भावना थियो । कसैको जीवनलाई नियालिरहँदा वास्तवमै एक किसिमको ऊर्जा थपिन्थ्यो ।

त्यससँगै केही जीवनमा गर्नुपर्छ भन्ने ध्येय भएको म अहिले यो अवस्थामा आएको छु । अनेकौं रहरहरु अनि चाहनाहरु भएर पनि जीवनलाई सार्थकता दिन कहाँ सकिदो रहेछ र ?

रहरहरु पनि सिजनल हुँदा रहेछन् ।

अहिले मलाई हाईसन्चो छ । अफिस छ, जान्छु आउँछु, खलकूदमा विशेष रुची भएको कारण कहिलेकाहीँ विदेशतिर पनि जान्छु, प्रतियोगिताहरुमा ।

रहरहरु वास्तवमा साकार नभएपनि केही हदसम्म पुरा भएका छन् ।

बाध्यता !

४ वर्षदेखिको शरिरमा देखिएको समस्यासँगैं जीवनमा धेरै किसिमका बाध्यात्मक परिस्थीसँग जुध्न सिकीयो । बाध्यता पनि यस्तो आईदियो कि, टार्नैै नसकिने ।

बाध्यतालाई जित्ने कुनै चिज छ भने, यत्ति संसारमा त्यो त्यो चिज मृत्यु हो । “जीवनलाई आफ्नो वसमा राखेर मृत्युलाई हदसम्म पर धकेल्न सकेको छु, त्यहीँ ठुलो कुरा”

सानोतिनो बाध्यता त जीवनमा आईहाल्छन् नी, बाध्यताले मानिसलाई चलाख बनाउँछ, यसले जीवनको अप्ठेरो घुम्तीहरुमा काम लाग्ने चिज ‘ज्ञान’ सुम्पेर केही समयका लागि टाढिन्छ ।

संघर्ष  !

संघर्ष त जीवनको एक अमुल्य चिज हो । जिन्दगीमा धेरै संघर्षहरु गरेको छु ।

विशेषगरि ४ वर्षयताको मेरो संघर्ष र सिकाईलाई म मेरो खुसी र चाहनाको सिमाभित्रै अटाउन चाहन्छु । यो पिरियडमा मैले धेरै कुराहरुको सामना गर्न सिकेको छु ।

यसैले मलाई अहिले निर्धक्कसँग बाँच्न सहयोग गर्छ ।

सफलता !

जिउने क्रममा ‘जीवन’ भन्ने चिजले असफलतालाई हात लगाईदिन खोजेपनि ‘साहस’ भन्ने एक ज्याद्रो चिजले यो शरिरलाई तानिरहेको जस्तो लाग्छ, मलाई !

‘किनकीे शरिरमा देखिएको दुर्वलतासँग पनि लडेर यत्तिको सफलतासँग नाता गाँस्न सकेको छु ।’ पौडी, बाँस्केटबल, भारत्तातोलक तथा अन्य खेलहरुमा पनि सहभागिता जनाउँदै यो स्थानसम्म आईपुग्न सकेको छु ।

यसैलाई म आफ्नो सफलताको सूचीभित्र राख्न चाहन्छु । भर्खरै मात्र पनि म स्वीमिङकै लागि भनि जापान गएको थिएँ । त्यसमा पनि राम्रै गँरे ।
त्यसैगरि अहिले म ‘हेल्थ एट होम’ भन्ने संस्थामा आवद्ध छु ।

जहाँ हामी धेरै नेपालीहरुको घरमै गएर सेवा गर्ने गर्दछौं । जीवनको सन्तुष्टि यहि हो, जस्तो लाग्छ ।

प्रेरणा !

जीवनमा कुनै चिज त्यस्तो हुँदैनन् । जो हामीबाट सम्भव हुँदैनन् । गर्छु भनेर अठोट लिईयो भने अवश्य हामी गर्न सक्छौं, सबै कुरा । मेरा जीवनको लेसनमा मैले पढेको कुरा यहि हो ।

सबै कुरालाई सम्भवको हुलभित्र मिसाईदिनुहोस् । अवश्य सम्भव हुन्छनन् सबै कुरा ।

मेरो तर्फबाट : अन्त्यमा–

‘अपाङ्गता भएका ब्यक्तिहरुको अधिकारसम्बन्धि ऐन–२०७४’ ले अपाङ्गताहरुप्रतिको कल्याणकारी अवधारणाबाट अधिकारमा आधारित अवधारणातर्फको मार्ग प्रष्ट पारेको छ । अपाङ्गता भएका ब्यक्तिहरु पनि समाजका सक्रिय सदस्यहरु हुन् ।

उनीहरुलाई समान अधिकार तथा अवसरहरु दिएर एक सपाङ्गजस्तै आफ्नो ब्यक्तित्व विकास गर्नमा सघाउ पुर्याउन पर्छ ।

झनै अनु राईजस्ता एक साहसी, सक्रिय तथा प्रेरणाका श्रोतलाई भने नेपाल सरकारले नै उजागर तथा सुरक्षा दिने निधो गर्नुपर्छ जस्तो लाग्छ ।

प्रतिक्रिया दिनुहोस्