यस कारणले आमाको किरिया कर्म नसकिदैँ काठमाडौँ आए रवि ओड ……



१६ पुष २०७५, काठमाडौँ

भर्खरै मात्र नेपाल आइडल सिजन २ का विजेता बनेका रवि ओडले नेपाल आइडल बनेको खुसी साट्न नपाउँदै आफ्नी आमाको मृत्युको सामना गर्नुपर्यो । जन्मदिने आमालाई सानैमा गुमाएका रविले आफ्नी कर्म दिने आमालाई पनि गुमाएका छन् । यतिबेला उनीमाथि ठूलो बज्रपात परेको छ । त्यसैले उनी आफ्नो पिडा फेसबुकमा स्टाटस लेखेर पोखिरहेका छन् ।

आमाको अन्तिम संस्कारको काम नसकिदैँ रवि काठमाडौँ आएका छन् । आमा वितेको केहिदिनमै उनी काठमाडौँ फर्किसकेका छन् । नेपाल आइडल विजेता भैसकेपछि उनी र अन्य फाइनलमा पुगेका प्रतिस्पर्धीहरुको विश्व भ्रमणको पनि सम्झौता भएको थियो ।

केहिदिनमै जापानमा हुने कार्यक्रममा सहभागी हुनको लागि रवि आज काठमाडौँ आएका छन् । उनले आफूलाई आफ्नै देशमा त परिचित गरिसकेका छन् । अब विभिन्न देशमा हुने सांस्कृतिक कार्यक्रमबाट उनी विश्वमा आफूलाई चिनाउनेछन् । रवि आफ्ना साथीहरुसँग केहिदिनमै जापान जादैँछन् ।

 

 

प्रतिक्रिया दिनुहोस्