अक्षयकी श्रीमती भन्छिन्, ‘अक्षयले मेरो हात माग्न आउँदा समलिङ्गी जस्तै लागेको थियो’



१६ पुष २०७५, काठमाडौँ

बलिउड सुपरस्टार अक्षय कुमारले आफूजस्तै सेलेब्रेटीसँग नै विवाह गरेका थिए । ट्वीङ्कल खन्नाले अस्तिमात्र आफ्नो जन्मदिन मनाएकी छिन् । अझ गज्जबको कुरा त के छ भने उनले आफ्नो जन्मदिन आफ्नो पितासँग मनाएकी छिन् । किनकी उनको र उनको पिताको जन्मदिन एकैदिन हो । आफ्नो जन्मदिनको दिन अक्षयकी श्रीमतीले विगतका केहि कुरा खोलेकी छिन् ।

ट्वीङ्कलले अक्षय सबैभन्दा पहिले आफ्नो हात माग्न आउँदा उ समलिङ्गी जस्तो लागेको बताएकी छिन् । उनले आफ्नी एक साथीले अक्षयलाई समलिङ्गी भएको बताएकाले आफूलाई पनि त्यस्तै लागेको बताइन् । त्यतिमात्र नभएर उनले सायद अहिलेसम्म कसैलाई पनि थाहा नभएको कुरा बताएकी छिन् । उनले आफ्नो अक्षयसँग २ पटकसम्म इन्गेजमेन्ट भएको बताएकी छिन् ।

उनले पहिलो पटक इन्गेजमेन्ट भएको केहिदिनपछि उनीहरुको ब्रेकअप भएपछि इन्गेजमेन्ट टुटेको कुरा खुलाइन् । त्यसपछि दुवै सम्बन्ध फेरि राम्रो भएपछि विवाह हुने बेलापनि एकअर्कासँग औठी साटेको कुरा उनले खुलाएकी छिन् । जे होस् अक्षय र ट्वीङ्कलको लबस्टोरी रमाईलो नै रहेछ ।

 

प्रतिक्रिया दिनुहोस्