लगाएर नधोएका जुत्ता मोजा बेचेर एक मोडलले कमाईन् एक करोड ४२ लाख (भिडियो सहित)



लण्डनमा बसेर एक मोडलले आफूले लगाएको मोजा र जुत्ता बेचेर वर्षको एक लाख पाउन्ड (एक करोड ४२ लाख रुपैयाँ) कमाउँछिन् ।

कसैले उनको खुट्टा निकै सुन्दर भएको बताएपछि, रोक्सी साइक्स, ३३ ले यसको वास्तविकता जान्ने सोच बनाइन् ।

पहिला लण्डनमै घरजग्गामा लगानी गर्दै आएकी उनले मानिसहरुले उनको खुट्टामा कत्तिको रुची दिन्छन् भनेर इन्स्टाग्राम पेज बनाइन् । एक महिनामा दस हजार बढी फलोअर पुगेपछि उनले आफ्ना ‘फ्यान’ को कुरा सुन्ने निर्णय गरिन् ।

मैले दुई महिनासम्म लगाएको जुत्ता दुई सय पाउन्ड (२८ हजार रुपैयाँ) पर्छ भने एक दिन लगाएको मोजा २० पाउन्ड (दुई हजार आठ सय रुपैयाँ) पर्छ,’ उनले भनिन् ।

रोक्सीले त्यसपछि आफ्नो सोसल मिडिया अकाउन्टमा आफूले लगाएका तर नधोएका एक जोर मोजालाई २० पाउन्ड र जुत्तालाई दुई सय पाउन्डमा बेच्न थालिन् ।

विगत चार वर्षदेखि यो व्यवसायमा लागिरहेकी रोक्सीले व्यस्त महिनामा आठ हजार पाउन्डसम्म कमाई हुने गरेको बताइन् । रोक्सीले भनिन्, ‘एकजना साथीले मेरो खुट्टा एकदम राम्रो बताएपछि यसलाई देखाउन सोसल मिडियामा अकाउन्ट नै बनाउन मनलाग्यो ।’

‘थुप्रै फलोअरले मैले प्रयोग गरेका मोजा र जुत्ता बेच्न आग्रह गरेपछि यसबाट मैले नाफा कमाउन सक्छु भन्ने लाग्यो ।’ ‘सुरुमा मैले मेरो अनुहार देखाइनँ, त्यसकारण मानिसहरु मेरो खुट्टाका लागि मात्र ममाथि रुची देखाइरहेका थिए । त्यसकारण यसो गर्न त्यति हिच्किचाइनँ ।’

‘जब मैले बिक्रि गर्न सुरु गरेँ तब धेरैले यसमा रुची देखाए । यो देखेर मैले आफ्नो सोचलाई व्यवसायमा नै बदल्ने सोच बनाएँ ।’

उनले सोसल मिडियामात्र नभई विभिन्न वेबसाइटमा पनि आफ्नो व्यवसाय बिस्तार गरिन् । उनी भन्छिन्, ‘एउटा वेबसाइटबाट मात्रै पनि एक हप्तामा दुई हजार पाउन्ड कमाउन थालेँ ।’

‘चाहे जे सुकै होस्, म यो काममा निरन्तरता लागिरहनेछु । यसबाट निकै सजिलोसँग पैसा कमाइरहेकी छु भने किन बन्द गर्ने ?’

आफ्नो यो कला उनले अन्य मोडललाई पनि सिकाइरहेको बताएकी छिन् । उनी भन्छिन्, ‘यसबाट मैले जसरी पैसा कमाउन थुप्रै मोडललाई तालिम दिन सुरु गरेकी छु ।’

प्रतिक्रिया दिनुहोस्