१६ पौष २०७५, काठमाडौं
पोग्बाको दुई गोलको सहायतामा युनाईटेड म्यानचेस्टरद्वारा बोनार्माउथ पराजित भएको छ । घरेलु मैदान ओल्ड ट्राफोर्डमा आईतबार राति भएको खेलमा युनाइटेडको फराकिलो जितमा पउल पोग्वाले २ तथा मार्कुस रासफोर्ड र रोमेलु लुकाकुले समान १ गोल गरे ।
बोर्नामाउथका नाथन एकेले एक गोल फर्काए । खेलको पाँचौ मिनेटमा पउल पोग्वाले मार्कुस रासफोर्डको पासमा गोल गर्दै युनाइटेडलाई १–० को अग्रता दिलाएका थिए । ३३औं मिनेटमा पोग्वाले नै व्यक्तिगत दोस्रो गोल गरेपछि युनाइटेडले खेलमा २–० को अग्रता बनायो । उनले एन्डर हेरेराको पासलाई सदुपयोग गरेका थिए ।
पहिलो हाफको इन्ज्युरी समयमा मार्कुस रासफोर्डले एन्थोनी मार्सियलको पासमा गोल गरेपछि युनाइटेडले ३–० को अग्रता बनायो । पहिलो हाफको इन्ज्युरी समयमा नाथन इकेले गोल गरेपछि गोल अन्तर ३–१ म झारेको थियो । ७२औं मिनेटमा रोमेलु लुकाकुले गोल गर्दै युनाइटेडलाई ४–१ को जित दिलाए ।
जितपछि युनाइटेड ३५ अंक जोडेर छैटौं स्थानमा यथावत छ । पराजित बोर्नामाउथ २६ अंकसहित १२औं स्थानमा छ ।