सभामुख कप भलिबल प्रतियोगिता आगामी पौष १९ बाट हुने



१६ पौष २०७५, काठमाडौं

४ लाख रुपैयाँ राशी पुरस्कार रहेको सभामुख कप भलिबल प्रतियोगिता यही पौष १९ देखि इटहरीमा हुने भएको छ । यसबारे गत शनिबार पत्रकार सम्मेलन गरि जानकारी दिईएको हो ।

सुनसरी जिल्ला खेलकुद विकास समितिको आयोजनामा हुने उक्त प्रतियोगितामा सातै प्रदेशबाट खेलाडीको सहभागिता रहने बताइएको छ । नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका ३ टिम गरी जम्मा १० टोलीको सहभागिता रहने बताईएको हो ।

प्रतियोगितामा विजयी हुने टिमले नगद ४ लाख, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले २ लाख शिल्ड, मेडल र प्रमाण पत्र पाप्त गर्नेछन् । त्यस्तै तेस्रो स्थान प्राप्त गर्ने टिमले नगद १ लाख शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गर्ने आयोजकले दावी गरेको छ ।

प्रतियोगिता इटहरीस्थित क्षेत्रीय रङ्गशालामा हुनेछ । त्यस्तै, सहयोगी संस्थाहरूमा इटहरी उपमहानगरपालिका, भलिबल सङ्घ प्रदेश १ समिति र प्रगति सेवा समाज रहेको जनाईएको छ ।

प्रतिक्रिया दिनुहोस्