१६ पुष २०७५, काठमाडौँ
अङ्ग्रेजी नयाँ वर्ष २०१९ को अवसरमा चाईना कल्चर सेन्टर नेपाल र गोईचो प्रोभिन्सको कल्चरको पर्यटन शाखाले काठमाडौँको होटल याक एण्ड यतीमा नयाँ वर्षको कन्सर्ट सम्पन्न गरेको छ ।
कार्यक्रममा नेपाल सरकारको तर्फबाट पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारी, पुर्व पर्यटन मन्त्री आनन्द पोखरेल, नेपाल स्थित चिनिया राजदुत होउ याङ्की चाईना कल्चर सेन्टर नेपालका प्रमुख यीन कुनसोङ लगायत विभिन्न विशिष्ठ व्यक्तित्वहरुको उपस्थिती रहेको थियो ।
कार्यक्रममा गोईचो प्रोभिन्सबाट आएका कलाकारहरुले विभिन्न ११ वटा वाद्यवादन र गायन प्रतिभा देखाएका थिए ।