१८ पुष २०७५, काठमाडौँ
यतिबेला बलिउडमा आलिया भट्ट र रणवीर कपुरको प्रेम सबैभन्दा बढी चर्चा आउने गर्छ । विगत केहि महिनादेखि एक अर्काको प्रेममा रहेका रणवीर र आलियाको जोडीलाई दर्शकले पनि निकै नै रुचाएका छन् । नव बर्ष २०१९ दुवैले आफ्ना परिवारका साथ न्यूयोर्क मा मनाएका छन् । त्यसैबीचमा भएको एक अन्तवार्तामा आलियाले आफ्नो प्रेमबारे केहि बताएकी छिन् ।
आलिया आफ्नो प्रेमलाई कुनै उपलब्धी भएको मान्दिनन् । उनी प्रेम एक सुन्दर चिज भएको तर यो नै सबै उपलब्धी भने होइन भन्छिन् । उनले रणवीरसँगको प्रेमको विषयमा पनि यहि कुरा बताएकी छिन् । त्यसका साथै आलिया आफ्नो प्रेमलाई सामाजिक सञ्जालमा बाहिर ल्याउनु भन्दा पनि आफैभित्र राख्न चाहन्छिन् । सम्भवत २०१९ मा आलिया र रणवीरको विवाह हुने स्रोतले जनाएको छ ।