चौथो नेफ–साइपाल अन्तर विद्यालय फुटवल प्रतियोगिता सुरु हुँदै



१८ पुस २०७५, काठमाडौं

चौथो नेफ–साइपाल अन्तर विद्यालय फुटवल प्रतियोगिता माघ ७ गतेबाट सुरु हुने भएको छ ।

उत्तर भेगिय शैक्षिक मंचको आयोजना तथा साईपाल कलेजको प्रायोजनमा हुन लागेको फुटवल टुर्नामेन्टको हरेक वर्ष उत्तर भेगिय शैक्षिक मंच नेफले आयोजना गर्दै आएको छ । उक्त फुटवल प्रतियोगितामा १६ वर्ष भन्दा मुनिका खेलाडीले मात्र प्रतियोगितामा सहभागि हुन पाउने छन् ।

प्रतियोगितामा उत्कृष्ट हुने २० जना विद्यार्थीले फिलिपिन्समा हुने मैत्रीपुर्ण खेलमा सहभागीता जनाउन पाउने समेत आयोजकले जनाएको छ । साईपाल कलेजले उत्कृष्ट विद्यार्थीलाई ६० हजार बराबरको छात्रबृत्ति ३० जनालाई  दिनेछ । म्यान अफ द म्याच हुने खेलाडीलाई मायाको चिनो तथा उपहारहरुले सम्मानीत गरिने छ भने क्वाटर्रफाइनलमा प्रवेश गरेका टीमहरुबाट म्यान अफ द म्याच घोषणा गरिने छ ।

गत वर्ष आयोजित फुटवल टुर्नामेन्टमा माउन्ट ग्लोरी स्कुल डिफेन्डीङ च्याम्पियन बनेको थियो भने  गत वर्षका उ्रत्कृष्ट खेलाडीले  स्वीडेनमा भएको मैत्रिपूर्ण खेलमा सहभागी भएका थिए ।  गत वर्ष आयोजित प्रतियोगितामा ६४ टिमको सहभागिता रहेको थियो भने यस बर्ष १०० भन्दा बढी टीम सहभागी हुने अनुमान रहेको उत्तर भेगीय शैक्षिक मंच नेफका अध्यक्ष नारायण रोकाले जानकारी दिनुभयो ।

चौथो नेफ–साइपाल अन्तर विद्यालय फुटवल प्रतियोगिताको सवै खेलहरु चावहिल स्थित गणेशस्थानमा रहेको खेल मैदानमा हुनेछ भने खेल प्रतियोगितामा करिव ४ लाख खर्च हुने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्