मनकामना केबलकार कप आगामी माघ तेस्रो साताबाट हुने



१८ पौष २०७५, काठमाडौं

मनकामना केबलकार पोखरा कप फुटबल प्रतियोगिता माघ तेस्रो सातादेखि पोखरा रंगशालामा हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले प्रत्रकार सम्मेलन गर्दै सो जानकारी दिएको हो ।

पोखरा कपको पाँचौं संस्करणपछि दुई वर्षसम्म स्थगित प्रतियोगिताले पुनः निरन्तरता पाएको हो । प्रतियोगितामा जापान, भारत र क्यामरुन गरी तीन विदेशी टोलीहित १२ टोलीको सहभागिता रहने जनाईएको छ ।

प्रतियोगिताका विजेताले सात लाख ५५ हजार रुपैयाँ पाउनेछन् । यसअघि प्रतियोगिताभन्दा पुरस्कार राशि दुई लाख बढी हो । यसैगरी उपविजेताले चार लाख पाँच हजार पाँच सय ५५ रुपैयाँ पाउनेछन् । प्रतियोगितामा विधागत रूपका उत्कृष्ट खेलाडीले जनही २५ हजार पुरस्कार पाउनेछन् ।

यस वर्षदेखि प्रतियोगिताको अवसरमा फुटबलमा योगदान दिने एकजना खेलाडीलाई सम्मान गर्दै एक थान मोटरसाइकल दिने पनि घोषणा गरेको छ । प्रतियोगिता सञ्चालन गर्न एक करोड १७ लाख लाग्ने र प्रतियोगिताबाट एक करोड २८ लाख ५० हजार आम्दानी हुने आयोजकको विश्वास छ ।

प्रतिक्रिया दिनुहोस्