सामाजिक अभियन्ताको रुपमा चर्चित बन्दै राजेन्द्र विष्ट



१८ पुस २०७५, काठमाडौं

राजेन्द्र विष्टको जन्म बैतडी जिल्लाको कटौज पानी गा.बि.स. कालागाउँ हालको दोगडा केदार गाउँपालिका वडा नं ८ कटौजपानी काला गाउँमा पिता राम बहादुर विष्ट तथा माता राधा विष्टको कोखबाट २०४२ साल २ महिना १० गतेका दिन भएको  थियो ।

राजेन्द्र विष्ट सानैदेखि पढाइमा धैरै रुचि राख्ने मिहिनेती ब्यक्ति थिए । प्रारम्भीक शिक्षा श्री रौलेश्वर मा.वि. मणिलेकबाट गरेका राजेन्द्र विष्टले कक्षा ८ सम्म त्यही स्कुलमा पढे भने एसएलसी खेती मा.वि. तल्लादेहिबाट गरे । श्रीकोट उच्च मावीबाट प्लस टु गरे । उनी  २०५८ सालमा तत्कालीन नेपाल कम्युनिष्ट पार्टीबाट प्रभाविति भए र उनले माओबादी पार्टीलाइ विभिन्न तरिकाले सहयोग पुर्याए । यही सहयोग पुर्याएका कारणले उनी गाउँबाट बिस्थापीत भई लामो समयसम्म  भारतको बैङ्गलोर सिटीमा गइ बसे । त्यसपछि त्यहाँ बस्दै गर्दा समाज परिवर्तनको बारेमा सोचिरहने  राजेन्द्र विष्टले विभिन्न तवरले नेपालीका समस्यालाइ समाधान गर्न तत्पर भइरहे । जतिखेर भारतमा काम गर्ने नेपालीलाई त्यहाँका कम्पनी मालिकहरुले अन्याय गरिरहेको देखेर त्यसको विरोध गर्दै विभिन्न तरिकाले उनीहरुको हकहितका लागि अभियान सन्चालन गरे । उनको प्रभावलले गर्दा विष्टलाई प्रवासी नेपालीहरुले सहयोग गरे उक्त प्रकारका अत्याचारको प्रतिकार गर्न संस्था स्थापाना गर्न प्रयास गरिरहदा मुम्बईमा भएको आतङ्ककारी आक्रमणको कारण र त्यहाँ उनले संचालन गरेको अभियानका कारणले आफुलाई असुरक्षित महशुष गरि उनी नेपाल फर्किए ।

उनी फर्किदा नेपाल शान्ती सम्झौताको प्रक्रियामा गईरहेको थियो । नेपालको शान्ती प्रक्रिया तथा नेपाली समाजको परिस्थीलाई मध्यनजर गर्दागर्दै उनी नेपाली राजनितिले गलत मोड लिएको महशुष गरि अभियान चलाउन शुरु गरे जतिबेला पहिलो सबिंधान सभाको निर्वाचन भई त्यसले चार बर्ष समय ब्यतित गरिसकेको थियो तर नेताहरु सबिंधान निर्माण गर्न असफल भईरहेका थिए । विष्ट त्यस समयमा राजनीतिक नेतृत्वलाई दवाब दिन आन्दोलनको सिर्जना गर्ने उद्देश्यले २०६८ सालबाट यात्रा सुरु गरे । उनी विभिन्न तरिकाले समाजलाई सबिंधान सभाबाट सबिंधान जारी गराउनका लागि ब्यापक जनदवाव दिनुपर्दछ भन्ने किसिमले सन्देश प्रवाह गरिरहने बिष्ट अभियानका दौरानमा सोलुखुम्बुमा अकस्मात गाडी दुर्घटनामा परि घाइते भए जसको कारणले उनको समाजका लागि केही गर्ने सोचमा धक्का पुग्यो ।

उनी जोरपाटी अपाङ्ग हस्पिटलमा लामो समय उपचार गरेपछि पुनः बैशाखीको सहारामा राजनीतिमा सक्रिय हुन पुगे । २०७१ सालमा नेपाल युथ काउन्सील नामक संस्थाको सम्पर्कमा पुगी पुनः नेपाली जनताको सपनाको रुपमा रहेको सबिंधान सभाबाटै संबिधान जारी गराउनको लागि अभियानमा लागे । कहिले भित्ते लेखन त कहिले पर्चा तथा प्रचार प्रसारका लागि दौडिने विष्टले जव सबिंधान सभाबाट सबिंधान जारी भएपछि उनले नयाँ अभियान शुरु गरे र अभियान संगै उनले राजनीतिक पार्टीहरुमा नयाँ प्रकारको सोच र चिन्तन नदेखेपछि उनले २०७३  देखि उत्पादन र आर्थिक बिकासको सन्र्दभमा आत्मनिर्भर समाज निर्माणको लागि उनले विभिन्न ठाउँमा सन्देश दिए । नेपालका पुर्वदेखि पश्चिम महाकाली सम्मका विभिन्न जिल्लाको भ्रमणका क्रममा उनले देखेको सामाजिक परिवेश कठिन छ ।

नेपाली समाज आजका दिनसम्म पनि कठिन आर्थिक अवस्था रहेका देखेर उनले जनतालाई आर्थिक उपार्जनका लागि उत्पादनका विभिन्न कार्यमा लाग्न प्रेरित गरे । उनले भने २०६८ देखि २०७५ सम्म नेपाली समाजको आर्थिक अवस्था र उत्पादनको बारेमा गहन खोज अनुुसन्धान गर्दै जादा बिबिध प्रकारका अपमान, तिरस्कार, अभाव पाए र कस्टकर यात्रा तथा प्रतिकुलतासँग जुधेर महान सोचको कल्पना, राम्रो कामको अनुशरण अनुशासित, निरन्तर सङ्घर्ष र लगनशील भएर काम गर्दै जादा थुप्रै अनुभव हासिल गरिसकेको छु नेपाली समाजलाई अध्ययन गर्दै जादा एक अर्कामा हिसांबादी बिचार राखेर सकारात्मक कार्यहरुलाई सघाउनुको सट्टा अबरोध पुर्याउनु र केही पनि होइन, हुन सक्दैन जस्ता गलत भावनाको गलत प्रवृत्ति विकसित भईरहको देखियो जसले गर्दा हाम्रो समाज पछाडी परेको मैले देखेको छु ।

यी सबै अनुभव र अभियानको उपलब्धीको जगमा रहेर उनले हाल उत्पादनको ब्यबहारिक परिणामहरु देखाउन थालेका छन् ।  सबैका लागि सधैंका लागि समुदायको आर्थिक बिकास र सम्बृद्धिका लागि भन्ने मुल नाराका साथ ग्रामिण उद्यमशीलता स्वरोजगार मिसन नेपाल अभियान २०७५ नामक अभियान सुरुवात गर्दै सम्बृद्धिको यात्रा, राम्रो समाज हाम्रो समाज नामक कार्यक्रम संचालन गर्देै आइरहेका छन् । नेपाली क्षमता, सिप, स्रोत, साधन र लगानीमा आधुनिक उद्योगको विकासका लागि सामाजिक बहस चलाईरहेका छन् ।

हाल उनले नेपालका  केही जिल्लामा अचार उद्योग खोलेर संचालन ल्याईसकेका छन् भने केही उद्योग बैतडीको कटौज पानी र शंकरपुरमा खोल्ने र जसमा अचार तथा साबुन उद्योग खोल्ने उनको योजना छ । भन्छन् राज्यले हामी र हाम्रो संस्थालाई सहयोग गर्ने हो भने धेरै भन्दा धेरै रोजगारको बिकास गर्न सकिने थियो ।

प्रतिक्रिया दिनुहोस्