नायक नभएर छोरालाई नेपाल आर्मी बनाउने सपना बोकेका थिए पलका बाबुले



१९ पुष २०७५, काठमाडौँ

नायक पल शाह अहिलेका निकै डिमाण्डेड र चर्चित अभिनेता हुन् । नाई नभन्नु ल ४ बाट चलचित्रमा आएका पलले त्यसपछि पनि केहि चलचित्रका काम  गरिसकेका छन् । यतिबेला उनी चलचित्र विर विक्रम २ को छायांकनमा व्यस्त छन् । आज हामी पलको बारेमा नभएर उनका बाबुको बारेमा चर्चा गर्नेछौ ।

केहिदिन अगाडी मात्र पल शाहका बाबुलाई एक अन्तवार्तामा भेटिएको थियो । त्यहाँ पलका बाबाले  पलको बारेमा सबै कुरा भनेका छन् । उनले पल सानैदेखि निकै नै मेहेनेती र शान्त स्वभावका थिए । उनले सधैँभरि आफ्ना बाबु आमाले भनेको मान्ने गरेको पलका बाबुले बताएका छन् । त्यतिमात्र नभएर पलका बाबुले एक गोप्य कुरा खोलका छन् ।

पलका बाबुले छोरालाई नेपाल आर्मीको उच्च पदमा पुगेका हेर्ने सपना रहेको बताए । उनले यदि छोरालाई अभिनयमा रुचि नभएको आफूले नेपाल आर्मी बनाउने समेत बताए । तर उनी अहिले आफ्ना छोराबाट निकै नै खुसी छन् । उनी छोराले आफूलाई निकै नै सम्मान गर्ने बताए । त्यतिमात्र नभएर आँचलको कुरा निकाल्दा पलका बाबुले आँचल र पलको मन मिले आफू खुसी भएको बताए ।

 

प्रतिक्रिया दिनुहोस्